एमाओवादी सभासद् मानपुर चौधरीले भने- प्रचण्ड गद्दार हुन्

Manpur chaudhary

एमाओवादी नेता तथा सभासद मानपुर चौधरीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गद्दार’ भनेका छन्। आइतबार सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए।
उनले मधेसको झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरको एक इन्च भाग पनि पहाडमा गाभ्न नदिने घोषणा गरे। पूर्वका झापा, सुनसरी र मोरङ एमाले अध्यक्ष केपी ओली र पश्चिमको कैलाली र कञ्चनपुर कांग्रेस नेता शेरबहादुर देउवा र भीम रावलले हड्पेर पहाड गाभेको आरोप लगाउँदै त्यो निर्णय कुनै हालतमा पनि मान्य नहुने बताए।

‘यो देश तीन बाहुनको पुर्खाको होइन्। हामी मधेसी, थारु, दलित, जनजाती, मुस्लिम लगायतका समुदायको पनि हो। त्यसैले मधेसको जग्गा पहाडमा मिलाउन खोज्नेलाई पराजय गरेर देखाउँछौं,’ सुशील, ओली र प्रचण्डलाई लक्षित गर्दै उनले भने। मधेसको जग्गा पहाड मिलाउन खोज्नेहरु समाप्त हुने उनले चेतावनी समेत दिए।

उनले आफूलाई प्रचण्डले केही गर्न नसक्ने भन्दै जनतासामू गरेको वाचा पूरा गरेरै छाड्ने बताए।

Leave a Reply to ErnestMaw Cancel reply

Your email address will not be published.