बर्दियामा तनाव, तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते

bardia

थरुहट राज्य माग गर्दे प्रर्दशन उत्रेका प्रर्दशनकारी र प्रहरीबीच आइतवार दिउँसो भएको झडपमा तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते भएका छन्। गुलरिया नगरपालिका परिक्रममा गरेर जिल्ला प्रशासनमा कोणसभामा गर्दा प्रहरी र प्रर्दशनकारीको झडप भएको थियो। कन्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश लेखेको व्यानर जिल्ला प्रशासन कार्यालयमा टाँसेर प्रर्दशनकारीले कोणसभा गरिरहेको अवस्थामा झडप भएको हो।

कोणसभा गर्दागर्दै प्रहरीलाई ढुगां प्रहार गरेर घाइते बनाएपछि प्रहरीले एक दर्जन बढी अश्रु ग्यास प्रहार प्रहार गरेको थियो । स्थिति नियन्त्रण्मा लिन प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएका हो। प्रहरीले संयमता अपनाउँदा अपनाउँदै आन्दोलनकारीले ढुगांमुढा प्रहार गरेपछि अश्रुग्यास र लाठीचार्ज गर्न बाध्य भएको एसपी गोविन्दराम परियारले बताए । भीडलाई तितर बितर गर्नका लाठी चार्ज गर्नु परेको एसपी परियारको भनाइ छ । प्रहरीले आन्दोलनकारी तितरबितर पारेपछि शान्ति पूर्णरुपमा अहिले आन्दोलनकारी कोणसभा गरिरहेका छन् ।

कोणसभामा तनावमा भएपछि आधाभन्दा बढी आन्दोलनकारी घर फर्किसकेका छन्। झडपमा घाइत भएका प्रहरी र प्रर्दशनकारीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ । यसैबीच प्रर्दशनमा उत्रेका थारु संघर्ष समितिका कार्यकर्ताले राजापुर नगरपालिकामा रहेका सरकारी कार्यालयमा तालबन्दी गरेका छन्। इलाका प्रशासन कार्यालय, नापी, मालपोत र नगरपालिकामा तालाबन्दी गर्दा कामकाज ठप्प भएको छ।

नागरिकन्युजबाट

Leave a Reply to Jimmyhoals Cancel reply

Your email address will not be published.