थारु समुदायलाई प्रधानमन्त्रीले अपील गर्ने

sushil-koiralaप्रधानमन्त्री सुशील कोइरालाले प्रदेशहरुको सीमांकनप्रति असन्तुष्ट थारू, मधेसी लगायतलाई संविधान निर्माणमा सहभागी हुन अपिल गर्ने भएका छन् । प्रमुख चार दलका शीर्ष नेताहरुको शनिबार बालुवाटारमा बसेको बैठकमा सीमांकनको विरोधमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । बैठकमा प्रधानन्त्रीले मधेसी, थारु र जनजाति लगायतलाई संविधान निर्माणमा लाग्न अपील गर्ने सहमति भएको छ ।

स्रोतका अनुसार अपीलमा कोइरालाले सबै समस्याको समाधान वार्ता र सम्वादबाटै समाधान गर्न जोड दिनेछन् । साथै संविधानको विधेयक बनेपनि संशोधनको अन्तिम बाटो खुला रहेको स्मरण गराउने एक नेताले बताएका छन् ।

तीन दलका शीर्ष नेताहरुको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग आइतबार वार्ता गर्ने सहमति भएको छ । सात प्रदेशको सहमति नमान्ने भन्दै गच्छदारले पनि आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

अनलाइनखबरबाट

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.