थरुहट आन्दोलनकारीको मृत्यु

शिक्षण अस्पतालमा चिन्कु डगौरा
शिक्षण अस्पतालमा चिन्कु डगौरा

ट्याक्टर दुर्घटनामा परेका कैलालीका एक थरुहट प्रदर्शनकारीको मृत्यु भएको छ। सोमबार धनगढीमा आयोजित आमसभामा सहभागी हुन कैलालीको थापापुरबाट आएका ५० वर्षीय चिन्कु डगौराको मंगलबार राति राजधानीमा निधन भएको हो। उपचार सम्भव नभएपछि राजधानी ल्याइएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा उनीसहित १६ जना घाइते भएका थिए।

Leave a Reply to Danielrax Cancel reply

Your email address will not be published.