चितवन थाकस आन्दोलनबाट पछि हट्यो, अब जागरण अभियान गर्ने

Chitwan

कारी महतो
चितवनमा आन्दोलन गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)ले विगत केही दिन चितवन बन्द गरेको कारणले समस्या भोग्दै आएका चितवनबासीबाट बन्दको विकल्प खोज्नुपर्ने चौतर्फी आवाज उठेपछि सभाले जारी आन्दोलनको स्वरुपमा केही हेरफेर गरेर आन्दोलन अगाडि बढाएको छ।

साउन ३२ गते बैठक बसी भदौ १ गतेदेखि स्वरुप परिवर्तन गरी ४ गतेसम्म गाउँ जागरण अभियान तथा सचेतनामूलक कार्यक्रम तथा विरोध जुलुस गर्ने जनाइएको छ। भदौ १ गतेका दिन पूर्वी चितवनको पदमपुर गाविस कार्यालयमा सचेतनामूलक कार्यक्रम गरी विरोध जुलुस निकालिएको छ। क्षेत्रीय सभापति कमानसिंह चौधरीको अध्यक्षतामा भएको गाउँ जागरण तथा सचेतना कार्यक्रममा थाकसका सल्लाहकारहरु टिकेन्द्र चौधरी, जयचन्द्र चौधरी, ललितकुमार चौधरी, चन्द्रकुमारी चौधरी, जोगन्द्र चौधरी र सञ्जय चौधरीले मन्तव्य व्यक्त गरेका थिए।

सचेतना कार्यक्रमपछि निस्केको जुलुसले पदमपुर चोकमा कोणसभा सम्पन्न गरेको थियो। कोणसभामा टिकेन्द्र चौधरी र जोगेन्द्र चौधरीले सम्बोधन गरेका थिए। भदौ २ गते माडीको बसन्तपुर बजार र ३ गते पश्चिम चितवनको पर्साढाप बजारमा जागरण अभियान तथा सचेतना कार्यक्रम गरेर भदौ ४ गते जिल्लाभरिबाट र्‍याली जुलुससहित नारायणगढमा पहिचानविरोधी सीमाङ्कनको विरोध सभा गर्ने जनाइएको छ।

Leave a Reply to EdwardNig Cancel reply

Your email address will not be published.