थरुहटको धनगढी विरोध सभामा जे देखियो (फोटो-भिडियो)

Tharuhat Birodh Sabha_Dhangadhi 01

थरुहट/थारुवान संघर्ष समिति कैलालीले सोमबार धनगढीमा विरोध सभा आयोजना गर्यो । संघीय सीमाङ्कन सच्याउनुपर्ने र कैलाली, कञ्चनपुरलाई तराईका जिल्लासंग मिलाएर थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने मागसहित विरोध सभा गरिएको हो।

धनगढीको क्याम्पस चौकमा भएको विरोध सभामा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो। विरोध सभामा गाउँ–गाउँबाट आन्दोलनकारीहरु सहभागि हुन आएका थिए।
विरोध सभालाई थरुहट पक्षधर नेता तथा सभासदहरुले सम्बोधन गरेका थिए। उनीहरुले कैलाली, कञ्चनपुरदेखि चितवनसम्म थरुहट/थारुवान प्रदेश बनाइनु पर्ने बताएका थिए।
संघीय सीमांकन सच्याउन माग गर्दै त्यो नभए आन्दोलनको आँधी, तूफान ल्याउने र त्यसका लागि तयार रहन सबै आन्दोलनकारीहरुलाई आग्रह गरेका थिए। राज्यको हरेक निकायमा थारु लगायत पीडित, उत्पीडित, पिछडिएका सबै जातजातिहरुको समानुपातिक सहभागिता हुने व्यवस्था गर्नु पर्ने बताएका थिए।

भिडियो हेर्नुस्

कैलाली-कञ्चनपुरको एक इन्च पनि दिन्नौं


‘थारुलाई कैलाली, कञ्चनपुरको रौं पनि दिन्न’ नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाको भनाइप्रति विरोध सभाका वक्ताहरुले कडा आपत्ति जनाएका थिए।
थरुहट/थारुवान संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीको अध्यक्षतामा भएको विरोध सभामा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, नेकपा–माओवादीका सचिव देव गुरुङ्ग, रानाथारु संघर्ष समिति कैलालीका संयोजक मालामती राना, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य विरमान चौधरीले बोलेका थिए।
त्यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु, सद्भावना पार्टीका केन्द्रीय सदस्य रेशमलाल चौधरी, नेपाली कांग्रेसका सभासद तेजुलाल चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद सुरेन्द्र चौधरी, थरुहट तराई पार्टीका सभासद गंगा चौधरी, कांग्रेस कैलालीका सचिव रामचरण चौधरीले विरोध सभालाई सम्बोधन गरेका थिए।
साउन ३१ गते अबेर राती आन्दोलनरत थरुहट पक्षधर र अखण्ड सुदूरपश्चिम पक्षधरले साउन २२ गते कैलाली, जिल्लाभरी यातायात सञ्चालन हुन दिने सहमति गरेका थिए। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय सहमतिमा कुनै पक्षले गर्ने कुनै पनि कार्यक्रममा एक अर्काले अवरोध नगर्ने तथा सामाजिक सद्भाव खलबलिने किसिमको अभिव्यक्ति नदिने र त्यस्तो कार्य पनि नगर्ने सहमति गरेका थिए। तर, उक्त समहति अखण्ड सुदूरपश्चिम पक्षधरले नै मान्य नहुने भन्दै उलंघन गरेका थिए।
आसभामा सहभागी हुन ट्रयाक्टरमा आइरहेका थरुहट पक्षधरलाई अखण्ड सुदूरपश्चिम पक्षधरले अवरोध गरेपछि स्थिति तनावग्रस्त भएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न १२ सेल अश्रुग्यास प्रहार गरेको थियो। सुरक्षा स्थिति मजबुत बनाउनका लागि करिब छ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

Tharuhat Birodh Sabha_Dhangadhi 09

Tharuhat Birodh Sabha_Dhangadhi 08

Tharuhat Birodh Sabha_Dhangadhi 07

Tharuhat Birodh Sabha_Dhangadhi 06

Tharuhat Birodh Sabha_Dhangadhi 05

Tharuhat Birodh Sabha_Dhangadhi 04

Tharuhat Birodh Sabha_Dhangadhi 03

Tharuhat Birodh Sabha_Dhangadhi 02

Tharuhat Birodh Sabha_Dhangadhi 11

Tharuhat Birodh Sabha_Dhangadhi 10

Leave a Reply to Robertnok Cancel reply

Your email address will not be published.