शेरबहादुरलाई गंगाको जवाफ- कैलाली-कञ्चनपुरको एक इन्च पनि दिन्नौं

Tha Ka Sa_Tharu Sahid Smaran-6, Ganga Tharu

उन्नती चौधरी/धनगढी
थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा सभासद् गंगा थारुले फलाम तातेको बेला जस्तोखुकै अकार बनाउन सकिने बताए। त्यसैले थारुहरु तातेको बेला आन्दोलनको स्वरुप परिवर्तन गरी प्रतिकारमा उत्रिने चेतावनी दिइन्।
उनले शेरबहादुर देउवालगायत ठूला नेताहरुको मगज बिग्रेको बताउँदै उनीहरुलाई उपचारको लागि भारत जान आग्रह गरिन्। उनले नेपालका ठूला नेता भन्नेहरु धेरैजस्तो भारतमा जन्म लिएकाले नेपालको विकासभन्दा पनि विनाशको लागि जनता जनतालाई लडाउने र भिडाउने प्रयास भएको बताइन्। उनले देउवाले थारुलाई एउटा रौं पनि नदिने अभिव्यक्तिको विरोध गर्दै आफूहरु कैलाली कञ्चनपुरका एक इन्च जमिन नछोड्ने चेतावनी दिइन्।

भिडियो हेर्नुस्

Yogendra Chaudhary

त्यसै गरी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद योगेन्द्र थारुले संविधानको नाममा थारुको घाँटी रेट्ने दुष्प्रयास भएकाले आफ्नो पहिचानको लागि रगतको खोला बगाउनसमेत तयार रहेको बताए। उनले हजारै वर्ष अगाडिदेखि बसोबास गरेको इतिहासलाई मेटाउन खोज्नेहरुको भविष्य हामी पनि ग्यारेन्टी हुन नदिने आक्रोश पोखे।

कार्यक्रममा एनेकपा माओवादीका जिल्ला अध्यक्ष तथा पूर्वसभासद वीरभान चौधरीले कचनपुरदेखि चितवनसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने बताए। यस्तै फोरम लोकतान्त्रिकका पोलिट ब्यूरो सदस्य लक्ष्मण थारुले थरुहट प्रदेश घोषणा गराउनका लागि आन्दोलनलाई थप सशक्त बनाइने बताए। थारु कल्याणकारी सभाका अध्यक्ष लाहुराम चौधरीको सभापतित्वमा भएको आमसभामा जिल्लाका हजारौंको सहभागिता थियो।

उता अखण्ड पक्षधरले थरुहटको आमसभालाई बिथोल्नको लागि ढुंगामुढा प्रहार गरेका थिए। भने ढुंगा प्रहार गर्ने अखण्ड पक्षधरको मासलाई नियन्त्रण गर्न दर्जनौ सेल अश्रुँ ग्यास प्रहार गरेको थियो।

Leave a Reply to EdwardCom Cancel reply

Your email address will not be published.