अखण्ड पक्षधरका कार्यकर्ताद्वारा दुई थारु पत्रकार कुटिए

11066624_1755623377997743_6301313442899654768_n

बन्दको रिपोर्टिङ गर्न गएका धनगढीका दुई पत्रकार कुटिएएका छन्। घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र निलम कुमार चौधरीलाई अखण्ड पक्षधरका कार्यकर्ताले कुटपिट गरेका हुन्।

आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाको नेतृत्वमा आएका कार्यकर्ताले दुवैलाई कुटपिट गरेको पीडित पक्षले बताएका छन्। उनीहरु धनगढीको मेनरोडमा प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला कुटपिट गरी मोटरसाइकल तोडफोड गरेका थिए। घटनाको स्थानीय सञ्चारकर्मीले भर्त्सना गरेका छन्।

Leave a Reply to Robertnok Cancel reply

Your email address will not be published.