थरुहट आन्दोलनमा प्रहरी दमन : काँढेतारले छेक्यो आन्दोलनकारीलाई

Kailali Protest 01

लखन चौधरी/धनगढी
थारू समुदाय बाहूल्य कैलाली-कञ्चनपुरसहितका जिल्लालाई मिलाएर थरुहट प्रदेश बनाउनुपर्ने मागसहित केही दिनदेखि जारी थरुहट आन्दोलनमा आज प्रहरीले दमन गरेको छ। धनगढीको क्याम्पस चोकदेखि चौराहातर्फ गइरहेको विशाल जुलुशलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि काँढेतार तेर्साएर अगाडी बढ्न नदिइ दमन गरेको हो।

केही दिनदेखि प्रहरीको घेराबन्दीमा आन्दोलन गर्दै आएका थरुहट आन्दोलनकारीलाई आज काँढेतारसहित ठूलो संख्यामा प्रहरीले छेकेपछि उनीहरु प्रशासन कार्यालयभन्दा पश्चिम एलएन चौक हुँदै चौराहातर्फ बढ्नै सकेनन्।

Kailali Protest 03

प्रहरीले जुसुलमाथि दमन गरेपछि प्रशासन कार्यालय अगाडि नै कोणसभा गर्न बाध्य भएका आन्दोलनकारीहरु प्रहरी प्रशासनमाथि कड्किएका थिए। उनीहरुले आफ्नो शान्तिपूर्ण जुलुसमा प्रशासनले दमन गरेर आफूहरुको आन्दोलन गर्न पाउने अधिकार हस्तक्षेप गरेको बताए।

कोणसभालाई सम्बोधन गर्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मीले भने- ‘प्रशासनले आज आफ्नो असली रुप देखायो, यो काँडेतार तेर्साएर, आफूलाई घेराबन्दीमा राखेर ठूलो अन्याय गरिरहेको छ, अब यो प्रहरीको घेरा र काँढेतार तोडेर अघि बढ्छौं।’ उपाध्यक्ष कुश्मी कुनै पनि हालतमा थरुहट प्रदेश बनाएर छाड्ने ठोकुवा गर्दै बलिदानी दिन तयार रहेको पनि बताए।

Kailali Protest 02

प्रहरी प्रशासनले अगाडि बढ्न नदिएपछि प्रशासन कार्यालयबाटै फर्केका आक्रोशित आन्दोलनकारीहरु बन्दको अवज्ञा गरेको भन्दै क्याम्पस चौकका तीन वटा पसलहरुमा तोडफोड गरी अगजनी गरेका छन्। त्यस्तै उनीहरुले बिहीबार बिहान सुदूरपश्चिम यातायात व्यवसायी समितिबाट सञ्चालित एक वटा एसी बसमा समेत अगजनी गरेको प्रहरीले जनाएको छ।

Leave a Reply to Darrensow Cancel reply

Your email address will not be published.