कैलालीमा थरुहट आन्दोलन उत्कर्षमा, अवज्ञा नगर्न चेतावनी (फोटो फिचर)

Kailali Tharuhat Aandolan 01

उन्नती चौधरी/धनगढी
कैलाली-कञ्चनपुरका थारु समुदायले थरुहटको माग गर्दै आन्दोनमा उत्रिएको पाँचौ दिन पनि जनजिवन पूर्णरुपमा प्रभावित बनेको छ। दिन प्रतिदिन आक्रमक बन्दै गएको थरुहट आन्दोलन क्याम्पस चौकबाट निकालिएको विरोध जुलुस ट्राफिक चौक हुँदै एलएन चौकमा समापन भएको थियो। कोण सभामालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले मध्य रातमा चार दलले हस्ताक्षर गरी थारुहरुलाई फासीको फन्दामा पारेर प्रदेश सीमांकन गरी थारुलाई सखाप पर्ने दुष्प्रयाश गरेको बताए।

Kailali Tharuhat Aandolan 03

उनले विगतमा पनि थारुहरुलाई भुलभुल्यामा पारेर वार्ता गरियो तर अब हामी काठमाडौंको सिंहदरबार र बालुवार नगइ कैलाली-कञ्चनपुरमा वार्ता गर्ने बताए। उनले भने- हाम्रो भू-भाग कैलाली र कञ्चनपुर हो तर एमाले कांग्रेसका ठूला भन्ने नेताहरुले हाम्रो उपस्थिति बिना हस्ताक्षर गरी प्रदेश सीमांकन गर्ने अधिकार कहाँबाट लिए भन्दै शीर्ष नेताहरुलाई प्रतिप्रश्न गरे।
नेता थारुले भने, ‘हामी आफ्नो अधिकारको लागि आफैँ सीमांकन गर्न सक्छौं हामीलाई कञ्चनपुरदेखि चितवनसम्मको थरुहट प्रदेश नभएसम्म शरीरमा एक थोपा रगत रहुन्जेल आन्दोलन जारी राख्ने बताए।’
Kailali Tharuhat Aandolan 04

उनले आफू थरुहटको माग गर्दा अखण्ड सुदुरपश्चिम प्रदेशको माग राख्नेहरु दुश्मनी मोलेको बताउँदै हामी कसैको दुश्मनी होइनौं बरु पहाडी क्षेत्रको विकासको लागि सहयोग गरेका हौं।
थरुहट आन्दोलनलाई सफल पार्न व्यापारी र यातायात व्यवसायीहरुलाई बन्दको अवज्ञा नभइ समर्थन गर्न अनुरोध गर्दै २८ गते देखि बन्दको अवज्ञा गर्ने जो कसैले पनि परिणाम भोग्ने चेतावनी दिइएको थियो।

उनले आक्रोशित हुँदै भने राणकाल देखि १० वर्षे जनयुद्धसम्म यिनै थारुको सहयोग बलिदानीबाट आन्दोलन सफल भएको उद्घोष गर्दै अब थारु जागेर उठीसके आफ्नो पहिचानको लागि जस्तोसुकै अवस्था आए पनि एक कदम पछाडि नहट्ने दाबी गरे।

Kailali Tharuhat Aandolan 05

त्यस्तै नेकपा युवा संघका जिल्ला सचिव राम चरण थारुले एमाले पार्टीको लागि ज्यान दिन तयर भएका थारुलाई पार्टीले जिस्काएको बताउँदै पार्टीभित्रका सबै थारु एक भएर आफ्नो पहिचानको लागि जस्तो मूल्य चुकाउनु परे पनि आफू तयार भएको बताए। उनले एमाले पार्टीमा आबद्ध भएका सबै थारुहरुको सहयोग रहेको प्रतिबद्धतासमेत जाहेर गरे।

त्यसैगरी थरुहट तराई पार्टीका केन्द्रीय सदस्य माधव थारुले सुदूरपश्चिमबाट जबसम्म कैलाली-कञ्चनपुर अलग हुँदैन तबसम्म पहाडको विकास हुन नसक्ने बताउँदै सुदूरपश्चिमको विकासको लागि पनि कैलाली कञ्चनपुर अलग्यानुपर्ने बताए।

Kailali Tharuhat Aandolan 02

कार्यक्रममा सदभवाना पार्टीका केन्द्रीय सदस्य मनिन्द्र सिंह, संघिय समाजवादी फोरम लोकतान्त्रिक नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरीलगायतले मन्तव्य दिएका दिए। थरुहट सयुक्त संघर्ष समितिका संयोजक लाहुराम चौधरीले फासीको फन्दालाई जलाएर समापन गरेका थिए भने थारु कल्याणकारणी सभाका जिल्ला कोषाध्यक्ष इन्दु चौधरीले सञ्चालन गरेकी थिइन्।

कैलालीको टीकापुर, लम्की, भजनी बौनिया लगायतको ठाउँमा बृहत जुलुस निकाली कोण सभामा परिणत भइ वक्ताहरुले मन्तव्य राख्दै विरोधलाई निरन्तरता दिएका छन्।

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.