राजधानीमा थारुको बिशाल मासल जुलुस (फोटो फिचर)

Tharu Torch Rally 01

मदन चौधरी/काठमाडौं
थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट÷थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारको भित्रि गल्लीबाट निस्केको र्‍याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर बनाएको थियो । जुलुसका आधा दर्जन थारुहरु घाइते भएका छन् । उनीहरु सामान्य घाइते भएको थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरीले बताए ।
प्रदर्शनकारीहरुले चार शीर्ष नेताको विरोध गर्दै ‘थरुहटभूमि छाड्दैनौं, अखण्ड सुदूरपश्चिम मान्दैनौं’ भन्दै नाराबाजी गरेका थिए । मसाल जुलुस बागबजार, पुतलिसडक हुँदै भृकटिमण्डपमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका सभासद् मानबहादुर थारुले ६ लाख बढी थारु भएको कैलाली–कञ्चनपुरलाई थरुहटसँग छुट्ट्याएको आरोप लगाए । उनले १६ बुँदेलाई समर्थन गरेपनि अन्तिम समयमा चार शीर्ष नेताले धोका दिएको बताए । ‘१६ बुँदेलाई समर्थन गरेकै थियौं, तर शीर्ष नेताले थारुहरुलाई धोका दिए । पहिचान र सामथ्र्यका कुरा केवल कागजमा सिमित भयो । यसको घोर विराधको स्वरुपमा हामी सडक आन्दोलनमा जाँदैछौं,’ उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले बन्दकोठाभित्र थारुहरुलाई टुक्र टुक्रा पार्ने खेल भएको बताएका छन् । उनले यसको परिणाम शीर्ष नेताहरुले थाहा पाउने चेतावनी दिए । ‘बन्दकोठाभित्र थारुहरुलाई टुक्राउने खेल भएाको छ,’ उनले भने, ‘यसको परिणाम चार दलले भोलिबाट थाहा पाउनेछ ।’

कोण सभाको सम्बोधन गर्दै थरुहट तराई पार्टी नेपालाका सभासद् गंगा थारुले बाहुनहरुले थरुहट तराई आफ्नो विर्ता ठानेको आरोप लगाइन् । उनले आजको थारुहरु कमजोर नभएको बताउँदै त्यसको प्रतिकार गर्ने बताइन् । ‘हामी पहिलेका थारु होइनौं, थारुलाई कमैया कमलरी बनाएर दासी बनाउनेहरु होसियार,’ उनले चेतावनी दिँदै भनिन्, ‘हाम्रो आन्दोलनको सुरुवात भएको छ । शीर्ष नेताले त्यसको परिणा भोगत्न तयार रहोस् ।’

त्यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरीले थारु युवाहरुले कुनै हालतमा थरुहट भूमि नछाड्ने चेतावनी दिए । ‘थरुहट हाम्रो मुटु हो, त्यसलाई कसैले प्रहार गर्छ भने हामी चुप बस्दैनौं,’ उनले भने, ‘मुटु फुटाउनेहरु थारुको शक्ति चाँडै देख्नेछन् ।’

Tharu Masal Juluss 01

समितिले आजदेखि तराईमा बन्दको आह्वानसमेत गरेको छ । कार्यक्रममा थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा, थारु सभासद् र थारुका विभिन्न संस्थाहरु सहभागी छन् । सभाका तर्फबाट अध्यक्ष धनिराम चौधरी, सभासद्का तर्फबाट रामजनम चौधरी र संघसंस्थाो तर्फबाट रमेश चौधरी सम्मिलित कार्यदल गठन गरेको छ ।

Tharu Masal Juluss 02

समितिले तराईका जिल्ला कुनै हालतमा पनि पहाडसँग मिसाउन नहुने, कैलाली–कञ्चनपुर थारु बाहूल्य प्रदेश बर्दियातिरै राख्नुपर्ने माग राखेका छन् । सभाका अध्यक्ष धनिराम चौधरी चार दलका चार नेताले गरेको सहमतिलाई विरोध गरेका छन् । उनले थरुहटका निम्ति सबै थारुलाई एकजुट हुन आह्वानसमेत गरेका छन् ।

त्यस्तै थारु सभासद्का संयोजक रामजनम चौधरीले शीर्ष नेताले आन्दोलन गर्न बाध्य बनाएको अरोप लगाए । उनले यो आन्दोलन थारुको अधिकार प्राप्त नभएसम्म जारी रहने बताए ।

Tharu Masal Juluss 03

थारु सभासद्हरुले मंगलबारको संविधान सभा बैठकमा थारुलाई टुक्रा टुक्रा पारेको भन्दै विरोधसमेत जनाएका छन् । सभासद् गौरीशंकर चौधरी, गंगा थारु, तेजुलाल चौधरीले संविधान सभा बैठकमा यो निर्णय सच्याउन सभामुखलाई आग्रह गरेका थिए ।

Tharu Masal Juluss 06

Tharu Masal Juluss 12

Tharu Masal Juluss 11

Tharu Masal Juluss 13

Tharu Masal Juluss 10

Tharu Masal Juluss 08

Tharu Masal Juluss 09

Tharu Masal Juluss 15

Tharu Masal Juluss 18

Tharu Masal Juluss 19

Tharu Masal Juluss 20

Tharu Masal Juluss 17

Tharu Masal Juluss 05

Tharu Masal Juluss 04

Tharu Masal Juluss 03

Tharu Masal Juluss 07

Leave a Reply to JamesSic Cancel reply

Your email address will not be published.