थारुको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (भिडियो)

Tharu Torch Rally 01

थरुहट/थारुवान संयुक्त  संघर्ष समितिले मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ। बागबजारबाट निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो। बागबजारको भित्री गल्लीबाट निस्किएको र्‍याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पारेको थियो। पद्यमकन्या क्याम्पस हुँदै र्‍याली पुतलीसडकतर्फ अघि बढेको थियो।

थरुहट तराईका भूमि पहाडमा गाभेको, थारुबाहूल्य कैलाली-कञ्चनपुरलाई अखण्डमा मिसाएको भन्दै उनीहरुले स्वायत्त थरुहट प्रदेशको माग गर्दै र्‍याली निकालेका हुन्। र्‍यालीमा थारु सभासदहरु मानबहादुर चौधरी, गंगा थारु, तेजुलाल चौधरी, योगेन्द्र चौधरीलगायत सहभागी थिए। समितिले भोलि (बुधबार)देखि तराईमा आमहड्ताल घोषणा गरेको छ।

भिडियो हेर्नुस्

तस्बिर/भिडियो : नागरिकन्यु

Leave a Reply to IgnacioFut Cancel reply

Your email address will not be published.