अान्दोलन रोकेर सुझाब दिन शीर्ष नेताको अपिल

चार दलका शीर्ष नेताले जनातका सुझावका आधारमा अहिले गरिएको प्रदेशको प्रस्तावित सीमा हेरफेर गरिने प्रतिवद्धता जनाएका छन् । नेताहरुले मंगलबार राजधानीमा विशेष पत्रकार सम्मेलन गर्दै सीमांकनको विषयलाई लिएर विभिन्न जिल्लामा भइरहेको आन्दोलनमा जनतालाई संयम हुन आग्रह गरेका छन् ।

उनीहरुले जनताको भावना अनुसार संविधानसभाबाट संविधान जारी गर्न नचाहने तत्वहरुसँग सजग हुन आग्रह गर्दै जनताले दिएका सुझावकै आधारमा प्रदेशहरुको सीमांकन गरिने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच‍्छदारले संयुक्तरुपमा अपिल गरेका हुन् ।4party

Leave a Reply to archive.tharuwan.com Cancel reply

Your email address will not be published.