थारु आन्दोलनलाई समर्थन छ, कैलाली बर्दियातिरै मिसाउनुपर्छ : बाबुराम (भिडियो)

Baburamसंवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले थारु समुदायले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । तर, अखण्डका नाममा भइरहेको आन्दोलन भने अनुचित भएको भट्टराईले बताए। भट्टराईले भने- ‘कैलाली जहाँ ४ लाख बढी थारुहरु छन्, त्यसलाई बलजफ्ती थारु बाहूल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ।’

सकेसम्म कञ्चनपुरसहित र नभए पनि कैलालीको थारु बाहूल्य क्षेत्रलाई बर्दियाँसँग मिसाउनुपर्ने बताउँदै उनले भने- ‘कैलाली कञ्चनपुरलाई थारु बाहूल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ।’ उनले अघि भने- ‘यसका निम्ति त्यहाँका जनताले गर्ने आन्दोलनमा हाम्रो पूर्ण साथ हुन्छ।’

पश्चिमका केही नेताहरुको अत्यन्त संकीर्ण चिन्तन र स्वार्थका कारणले कैलाली र कञ्चनपुर ६ नम्बरको प्रदेशमा हुन पुगेको उनले बताए।

भिडियो हेर्नुस्:

समाचार/भिडियो-

Leave a Reply to Kevinrab Cancel reply

Your email address will not be published.