विजय गच्छदार गद्दार सावित भए : लेखी

Rajkumar Lekhiआदिवासी जनजातिका पूर्वअध्यक्ष एवं थारु कल्याणकारिणी सभाको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले हिजो (शनिरबार)को दिन कालो दिन भएको बताएका छन्। उनले चार प्रमुख राजनीतिक दलले ६ प्रदेशको सीमांकनमा गरेको षडयन्त्रमूलक सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

प्रेस विज्ञप्ती जारी गर्दै, ‘थारु समुदायलगायत आदिवासी जनजाती, दलित, मुस्लिम, मधेशी र विभेदमा पारिएका सम्पूर्ण वर्गको चाहना विपरीत केही सीमित राजनीतिक दलका सीमित नेताहरुको स्वार्थको लागि गरिएको कथित सहमतिप्रति हाम्रो गम्भीर आपत्ति रहेको’ उल्लेख गरेका छन्।

थारु कल्याणकारिणी सभालगायत विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने थारु सभासदहरुले गरेको थरुहट प्रदेशको मागलाई पूणरुपमा वेवास्ता गरी आन्दोलन गर्न बाध्य पारिएको बताउँदै उनले विज्ञप्तीमा भनेका छन्, ‘आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार चार दल र सरकार हुनेछन्।

उनले थारुवानसँग कुरा गर्दै थारुका लागि विजय गच्छदार गद्दार निस्किएको आरोप लगाए। ‘हाम्रा लागि विजय गच्छदार गद्दार सावित भए। अरु तीन त प्राइभेट लिमिटेड थिए नै,’ उनले भने।

थारु कल्याणकारिणी सभाले यसअघि नै फासीको डोरी जलाउने, थरुहट गाउँ-गाउँमा मसाल जुलुस निकाल्ने, थरुहट तराई बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

Leave a Reply to Davisfew Cancel reply

Your email address will not be published.