सीमांकनको विरोध गर्दै थारु सभासदले मस्यौदा च्याते

शनिबार राति शीर्ष नेताको विधरो गर्दै गोपाल दहित, योगेन्द्र चौधरीलगायत।
शनिबार राति शीर्ष नेताको विधरो गर्दै गोपाल दहित, योगेन्द्र चौधरीलगायत।

थारु बाहूल्य कैलाली-कञ्चनपुरलाई पहाडमा मिसाएको भन्दै विभिन्न दलका थारु सभासदले मस्यौदा च्यातेर सांकेतिक विरोध गरेका छन्। आइतबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, एमाओवादीका केही थारु सभासदले संविधानको मस्यौदा च्यातेर बैठक बहिष्कार गरेका हुन्।
थरुहट तराई पार्टीका संसदीय दलका नेता गोपाल दहितका अनुसार चार दलबीच सीमाकंनसहितको ६ प्रदेश बनाउने तथा प्रदेशको सीमाकंनप्रति आपत्ति थारु सभसादले विरोध जनाएका हुन् । ‘स्वायत्त थरुहट प्रदेश’ थरुहट आयोगलगायतका हााम्रा माग समेटिएका छैनन्,’ दहितले भने,’चार दलले षड्यन्त्रपूर्वक थारु बाहुल्य क्षेत्र कैलाली र कंचनपुरलाई अलग गरेका छन्। त्यसको हामीले विरोध गरेका छौं।’

Leave a Reply to MichaelMes Cancel reply

Your email address will not be published.