गच्छदार दुःखी कि खुसी? दस तस्बिर हेर्नुस्

Biay Kumar Gachhdar

शनिबार मध्यरातको सहमतिमा विजय गच्छदार प्रमुख केन्द्र बनेका थिए। उनीमाथि मधेसी, जनजाति र आफ्नै समुदाय थारुको दबाब त थियो नै, शीर्ष नेताहरुले पनि हस्ताक्षर दबाब दिएको बुझियो।

दुईदिनअघि नै मोटामोटी सहमति गरेको शीर्ष नेताहरुले तराईका पाँच जिल्ला झापा, मोरङ, सुनसरी र कैलाली, कञ्चनपुर पहाडसँग गाभिएको भन्दै गच्छदार सहमतिमा हस्ताक्षर गर्न मानेका थिएनन्। यही सहमतिका कारण उनी जनताका राय लिन गृहजिल्ला पुगेका थिए।

एक रात बसेर फर्किएका उनले थारु समुदायको दबाबमा शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेनन्। तर शनिबार मध्यरात उनले हिच्किचाउँदै हस्ताक्षर गरे। सहमति पत्र हातमा परिसक्दा पनि उनी निकैबेर टोलाएरका थिए।

पार्टीका थारु सभासद्हरुले उनलाई हस्ताक्षर गरे भोलि देखाइदिने चेतावनी दिएर बाहिरिएका थिए। उनीसँग निकट मानिएका कैलालीका सभासद् रामजनम चाैधरीले त सञ्चारकर्मीसँग भनेका थिए- उहाँले हस्ताक्षर गर्नुभयो भने हामीले पनि भोलि के गर्छौं भनेर देखाइदिन्छौं।

गच्छदारले भने राजनीतिक संकट र विनाशकारी भूकम्पपछि देशलाई संविधानको आवश्यक महसुस भएको भन्दै सहमति पत्रमा हस्ताक्षर गरेको बताए। उनले सम्बोधन गर्दै भने- आफ्ना फरक मत राखेर हस्ताक्षर गर्दैछु। थारु, मधेसी, दलितलगायतका सबै साथीहरुले यसलाई बुझिदिनुहुन्छ भन्ने विश्वास लिएको छु।

हेरौं गच्छदारका दस तस्बिर
Bijay Gachhdar 15

Bijay Gachhdar 14

Bijay Gachhdar 13

Bijay Gachhdar 09

Bijay Gachhdar 12

Bijay Gachhdar 07

Bijay Gachhdar 05

Bijay Gachhdar 04

Bijay Gachhdar 03

Bijay Gachhdar 01

 

Leave a Reply to MichaelMes Cancel reply

Your email address will not be published.