हस्ताक्षर गर्ने बेला किन हिच्किचाए गच्छदार ? (तस्बिर/भिडियो)

4 party leader 04

मध्यरातमा सिंहदरबारस्थित संविधान सभा सचिवालयमा चार दलका शीर्ष नेताहरुबीच सहमतिमा हस्ताक्षर गर्ने तय भयो। पत्रकारलाई त्यो ऐतिहासिक क्षणको दृश्य उतार गर्न शीर्षहरुको बैठक कक्षमा डाकियो। धेरै दिन, धेरै प्रहर सिंहदरबारको निर्णायक कक्षबाहिर सहमतिको व्यग्र प्रतिक्ष गरेका पत्रकारहरु जब कक्षभित्र प्रवेश गरे उनीहरुका तिर्खाएका क्यामेरा धडाधड सक्रिय भए।
4 party leader 02
क्यामेराको मुख्य निसानामा परे– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार। अन्तिम दिनहरुमा गच्छदारकै कारण सहमति टुंगोमा पुग्न सकेको थिएन। शनिबार दिनभर गच्छदारलाई मनाउनमै तीन दलका नेताले समय खर्चेका थिए।
भिडियो हेर्नुस्:

Bijay Gachhdar 16

गच्छदार उदास मुद्रामा देखिए। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालको दायाँतर्फ बसेका उनी बेचैन भावमा शिर झुकाएर बसेका थिए। नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेपछि फाइल गच्छदारका अगाडि पुग्यो।

Bijay Gachhdar 09सामुन्नेको फाइलमा हस्ताक्षर गर्ने क्षण उनका लागि ‘नखाउँ दिनभरको सिकार, खाउँ कान्छाबाउको अनुहार’ भन्याजस्तै भयो। आफ्ना असहमति थाँति राखेर उनले सहमतिमा जनाउ दिएका थिए। बाँकी थियो आधिकारिक दस्तखत।

गच्छदारले हातमा कलम लिए। फाइल पल्टाए। कलमको टुप्पोले सहमतिको पानामा डोब गाडिसकेको थियो।

Bijay Gachhdar 10फेरि उनी रोकिए। देब्रे फर्केर दहाललाई हेरे। दहालले हस्ताक्षर गर्न इशारा दिए। पानामा उनको कलमले फेरि डोब पारिसकेको थियो, उनी टाउको कन्याउँदै रोकिए। पाना पल्टाए। हत्केलाले च्यापेर हस्ताक्षर गर्न फाइल सम्याए। फेरि दहाललाई हेरे। ‘पहिले तपाइँ गर्नुस्’ भन्दै फाइल उनले दहालतर्फ सारे। सबै नेताको नजर गच्छदारमा अडेको थियो। जब दहालले हस्ताक्षर गरेर फाइल गच्छदारको अगाडि आयो बल्ल उनले धडाधड हस्ताक्षर गरे।

Bijay Gachhdar 08आशंकित भावले गच्छदारलाई हेरिरहेका कांग्रेस, एमाले र एमाओवादी नेताहरुले रहात महुसुस गर्दै लामो सास ताने। क्यामेराको खच्याक..खच्याक..आवाजले बैठक कक्ष गुञ्जियो। फ्ल्यास लाइटले गच्छदारतिर प्रकाश दिए तर उनको अनुहार उज्यालो थिएन। उदास अनुहारमा उनले नेपाललाई ६ प्रदेशमा विभाजन गर्ने सम्झौतामा हस्ताक्षर गरे।Bijay Gachhdar 06

टेकनारायण भट्टराई/नागरिकन्युज

Leave a Reply to Mnrmwc Cancel reply

Your email address will not be published.