रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा

Ramjanam Chaudhary

थारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको संयोजकमा रामजनम चौधरी छन्। प्रवक्तामा एमाओवादीका अमनलाल मोदी र कोषाध्यक्षमा नेपाली कांग्रेसका तेजुलाल चौधरी छन्। समितिको सदस्यमा सबै थारु सभासद्हरु छन्।
समितिले आन्दोलन सञ्चालनका लागि गोपाल दहितको संयोजकत्वमा उपसमिति गठन गरेको छ। जसको सदस्यहरुमा सन्तकुमार चौधरी, गौरीशंकर चौधरी, जनकराज चौधरी, मीना चौधरी र कल्पना चौधरी रहेका छन्।

त्यस्तै शनिबारै थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितको नेतृत्वमा राजनीतिक सम्बाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई भेटेर तराईका जिल्ला थरुहट प्रदेशमा राख्न दबाब दिएका छन्। उनीहरुले कैलाली कञ्चनपुर कुनै हालतमा पहाडमा मिसाउन नहुने भन्दै सभापति भट्टराईलाई आग्रह गरेका थिए।

Leave a Reply to Williambepsy Cancel reply

Your email address will not be published.