झापादेखि सिरहासम्म छुट्टै प्रदेश : तेजुलाल चौधरी

Tejulal Chaudharyउत्तर-दक्षिण काटेर संघीयता घोषणा गर्न नहुने भन्दै कांग्रेसका तराई केन्द्रीत सभासद्ले सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई पाँचबुदे ज्ञापनपत्र बुझाएका छन्। तराई-पहाड मिलाएर प्रदेश घोषणा गर्न नहुने उनीहरुको जोड छ।
‘छ प्रदेश निर्माण गर्दा तराई-मधेसको मात्र जिल्ला मिलाई तीन प्रदेश हुनुपर्ने हाम्रो मान्यता हो,’ मधेसी र थारुका २८  सभासदको असन्तुष्टिपत्रमा भनिएको छ, ‘मौलिक हकमा समानुपातिक समावेशी हुनुपर्ने हाम्रो मान्यता हो।’ भूगोलको सट्टा जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने, अन्तरिम संविधानमा भएको नागरिकताको व्यवस्थाअनुरुप नया संविधानमा व्यवस्था हुनुपर्ने उनीहरुले माग गरेका छन्।

पहिलो मस्यौदामा आठ प्रदेश प्रस्ताव हुदा तराईमधेसका जिल्लामात्रै मिलाई चार प्रदेश हुनुपर्ने माग दोहोर्यायउँदै उनीहरुले छ प्रदेशको नयाँ सहमति भएको अवस्थामा तीन प्रदेश हुनुपर्ने माग गरेको कांग्रेस सभासद् तेजुलाल चौधरीले बताए। प्रधानमन्त्री कोइरालाको भनाई उद्धृत गर्दै उनले भने, ‘तपाईंहरुको मागले गम्भीर बनाएको छ। दलहरुको बैठकमा म सकारात्मक ढंगले अघि सार्नेछु।’

यसरी असन्तुष्टिपत्र बुझाउने कांग्रेस सभासद्मा फरमुल्लाह मन्सुर, सुरेन्द्र चौधरी, रामअयोध्याप्रसाद यादव, चन्द्रमोहन यादव, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, मीनाक्षी झा, सीताराम महतोलगायत छन् । कांग्रेस सभासद् प्रदीप गिरीले २८ सभासदको पाचबुदे मागप्रति ऐक्यबद्धता जनाएका छन्।

झापादेखि सिरहासम्म छुट्टै प्रदेश : तेजुलाल चौधरी
त्यस्तै सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित बनेका सभासद् तेजुलाल चौधरीले झापादेखि सिरहा र उदयपुरसम्म एक प्रदेश बनाउनुपर्ने जिकिर गरेका छन्। सप्तरीका निर्वाचत पाँच सभासद्ले शुक्रबार शीर्ष नेतालाई भेटी सिरहादिख झापासम्म तराईका क्षेत्रलाई एक प्रदेश बनाउन माग गरे। उनीहरुले यी जिल्लालाई पहाडसँग गाभेर प्रदेश बनाउन नहुने तर्क गर्दै छुट्टै प्रदेश बनाइनुपर्ने चौधरीले बताए।

Leave a Reply to JamesSic Cancel reply

Your email address will not be published.