अखण्ड सुदूरपश्चिम कुनै हालतमा मान्दैनौं : थारु सभासद्

Ramjanam Chaudharyकैलाली र कञ्चनपुरका थारु सभासदले अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन्। कैलाली र कञ्चनपुरका १४ थारु सभासदले बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका हुन्।

केन्द्रमा कञ्चनपुर पहाडी जिल्लासँग जोड्ने र कैलालीलाई टुक्र्याउने विषयमा छलफल भइरहेको भन्दै उनीहरुले कैलाली कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेशमा राख्न माग गरेका छन्।

जवाफमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले सकेसम्म सबैको अधिकार सुनिश्चित हुने गरी संविधान जारी गरिने बताएको फोरम लोकतान्त्रिका सभासद रामजनम चौधरीले जानकारी दिए।

Leave a Reply to AndrewSah Cancel reply

Your email address will not be published.