एन पिस अवार्डमा मुक्त कमलरी कौशिला चौधरी, भोटको अपिल

Kausila chaudharyउन्नती चौधरी।
लामो समयसम्म कमैया मुक्ति पुनर्स्थापना अभियानमा क्रियासिल कमैया नेतृ कौशिला चौधरी इन्टरनेट भोटको लागि सबै पक्षसँग अपिल गरेकी छन्। शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस अवार्ड)को अन्तिम छनौटमा परेकी चौधरीले इन्टरनेट भोटको आवश्यकता परेकाले सबैसँग अपिल गरेकी छन्।

लामो समयसम्म कमलरी तथा कमैया जीवन बिताएकी उनी कमैया आन्दोलन र कमैया पुनर्स्थापनाको क्षेत्रमा १५ वर्ष काम गरिसकेकी छन्। कमैया मुक्ति आन्दोलनको एक प्रमुख अभियान्ताको रुपमा परिचित उनीसहित नेपालका आठ जना व्यक्तिहुरु अन्तिम चरणको छनौटमा परेका छन्।
दास प्रथाको रुपमा रहेको कमैया तथा कमलरी प्रथा अन्त्यसँगै पुनर्स्थापना अभियानलाई आफ्नै कामको रुपमा लिने उनी जारी कमैया/कमलरी पुनर्स्थापना अभियानलाई चाँडै पूर्णता दिने सरकारी अभियानमा क्रियाशिल छिन्। जसलाई अबको केही समयमै पूर्ण दिन सकिने उनको दाबी छ।

३० वर्षीया चौधरी आफूजस्तो कमैयाको क्षेत्रमा क्रियाशिल व्यक्ति अवार्डको लागि छनौटमा पर्नु खुसीको कुरा भएको बताइन्। उनले अन्तिम चरणको छनौटका लागि शान्ति र विकास चाहनेहरुको हातमा रहेको बताइन्।
उनलाई भोट दिनको लागि यहाँ क्लिक गर्नुस्। त्यसपछि कौशिला चौधरीको फोटोसँगै प्रोफाइल खुल्छ र भोट बक्समा क्लिक गुर्नुपर्नेछ। दोस्रो पेजमा भोटर्स् जानकारी बक्स खुलेपछि देशको नाम, भोट दिनेको इमेल आइडी, अन्तिम नाम र सुरु नाम रहेको वितरण भर्नुपर्छ। त्यस्तै, जुन इमेल आइडीबाट भोट दिइएको हो, त्यो आइडी खोलेर हेर्दा ‘हियर’ अप्सन देखिन्छ र ‘हियर’मा क्लिक गरेको भोट सदर भएको वा नभएको भनी हेर्न सकिन्छ।
मुक्त कमैया महिला विकास मञ्च कैलालीका अध्यक्षसमेत रहेका अभियान्ता चौधरी मुक्त कमैया पुनर्स्थापना समिति कैलाली र कमैया प्रथा उन्मुलन समाज कैलालीसँग पनि आबद्ध छिन्।

Leave a Reply to EugeneChurn Cancel reply

Your email address will not be published.