गोपाल दहितको प्रश्‍न- सिकलसेल नीति कार्यक्रममा किन परेन?

व्यवस्थापिका संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै थरुहट तराइ पार्टीका सभासद् गोपाल दहितले थारुहरुमा लाग्ने सिकल सेल रोग निवारणका विषयमा पनि नीति तथा कार्यक्रमले समेट्नुपर्ने माग गरेका छन्। ‘थारुमा मात्र लाग्दै आएको यो रोगका विषयमा सरकार मौन बस्ने निकै विडम्बनापूर्ण स्थिति हो,’ उनले भने। सरकारले आफ्नो नीति तथा कार्यक्रम संशोधन गरी सिकल सेल रोग निवारणको नीति तथा कार्यक्रम थप्न उनले माग गरे।
त्यस्तै, संसदमा बोल्दै खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राईले पनि थारु जातिमा मात्र देखिएको सिकल सेलका विषयमा सरकारको नीति तथा कार्यक्रम मौन हुनु निकै विडम्बनापूर्ण रहेको सभासद् रामकुमार राईले बताएका छन्। ‘आदीवासी थारु मरेर सकिउन् भन्ने सरकारको चाहना होइन भने किन नीति कार्यक्रममा यो विषय परेन ?,’ उनले प्रश्न गरे।

थारु समुदायमा बढ्दै गएको सिकलसेल रोग नियन्त्रण, व्यवस्थापन र निःशुल्क औषधि उपचारका लागि बजेट व्यवस्था हुनुपर्ने, बर्दिया क्षेत्र नं ४ स्थित राजापुर क्षेत्रमा कर्णाली नदी र दाङ क्षेत्र १ र २ स्थित देउखुरी क्षेत्रमा राप्ती नदी नियन्त्रण गरिनुपर्ने, तटबन्धनका लागि बहुवर्षीय योजना ल्याइनुपर्ने मागसहित थरुहट तराई पार्टी नेपालका सांसद दहितले प्रस्ताव दर्ता गराएका हुन्।

Leave a Reply to Devinbom Cancel reply

Your email address will not be published.