खोलाले बगाएर सरजु थारु श्रीमतीसहित बेपत्ता

बर्दियाको सूर्यपटुवा गाविसस्थित खौरहवा खोलामा माछा मार्ने क्रममा आज खोलाले बगाउँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सूर्यपटुवा गाविस–४ डल्ला गाउँका सरजु थारु र उनकी श्रीमती फूलकुमारी थारु रहेको बर्दियाका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिए।

खोलामा माछा मारिरहेको अवस्थामा एक्कासि बाढी आउँदा उनीहरूलाई बगाएको जनाइएको छ। उनीहरूको प्रहरी टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रयोग गरी खोजी गरिरहेको उपरीक्षक परियारले जानकारी दिए। रासस

Leave a Reply to Devinbom Cancel reply

Your email address will not be published.