अमेरिकामा अमृत महतोले जिते गोल्ड मेडल

Amrit Mahato 03

कारी महतो।
अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न भएको जेके ली ओपन इन्टरनेश्नल तेक्वान्दो टुर्नामेन्टमा पूर्वी चितवनका अमृत महतोले गोल्ड मेडल जितेका छन्। २०१५ जुन २० मा भएको उक्त टुर्नामेन्टमा विभिन्न तौल समूहका ५ वर्ष देखि ५० वर्षसम्मका ५ सयभन्दा बढी खेलाडीहरु सहभागी थिए।
अमृत महतो ५४ केजीको तौल समूहमा खेलेर क्यालिफोर्नियाका तेक्वान्दो खलाडीलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भए। हरेक टुर्नामेन्टहरुमा उत्कृष्ट खेल प्रदशन गरेर अमृत महतोले आफू आबद्ध भएको क्लबलाई बेस्ट यूएस तेक्वान्दो एकेडेमी भनेर चिनाउन सफल भए।
Amrit Mahato 02

यसअघि पनि उनले एक तेक्वान्दो च्याम्पियनसिपमा आफ्नो तौल समूहमा प्रथम स्थान हासिल गरी गोल्ड मेडल जितेका थिए। अमृतको क्षमताको कदर गर्दै टिम कोच रामशरण चौधरीले भन्छन्, ;अमृत निकै प्रतिभावान खेलाडी हो, उसलाई सिकाउन पाउँदा एकदमै रमाइलो महसुस हुन्छ।’
रामशरणका अनुसार अमृतमा विश्वस्तरका ओलम्पिक खेलाडीमा भएको गुण छ। स्काइपमा कुरा गर्दै रामशरणले भने, ‘अमृतले नेपालको प्रतिनिधित्व गरी ओलम्पिकमा खेल्ने अवसर पाउने हो भने उसले राष्ट्रको गौरव कायम राख्नेमा कुनै शंका छैन।’

Amrit Mahato 01

अमृतलाई कोच गर्ने तेक्वान्दो खेलाडी रामशरण चौधरी पनि चितवन जिल्लाकै बासिन्दा हुन्। हालः उनी अमेरिकाको बेस्ट युएस तेक्वान्दो एकेडेमीमा हेडमास्टरको पदमा रही तेक्वान्दो सिकाउँछ।
अमेरिका जानुअघि रामशरणले नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै पदकहरु हात पारे। अमेरिकामा रहँदा पनि उनले यूएस ओपन इनटरनेश्नल तेक्वान्दो च्याम्पियनसिपलगायत दर्जनौं प्रतियोगितामा पदक जितेका छन्।

Leave a Reply to RobertSiz Cancel reply

Your email address will not be published.