थाकसका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको निधन

Baburam Chaudhary_Tha ka sa 02थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको ६१ वर्षको उमेरमा निधन भएको छ। प्रेसर र मधुमेहग्रस्त चौधरीको उपचारको क्रममा मंगलबार मध्यान्ह १२ बजे भैरहवास्थित मेडिकल कलेजमा निधन भएको हो। मधुमेह बढेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

बाबुराम चौधरी थारु कल्याणकारिणी सभाको गत वर्ष सम्पन्न २१औं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए।

Baburam Chaudhary_Tha ka sa 01

थाकसको २१औं महाधिवेशनमा केन्द्रीय उउपाध्यक्षमा निर्वाचित भएपछि खुसी मनाउँदै बाबुराम चौधरी। तस्बिर : कमला चौधरी

सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले उपाध्यक्षको मृत्युप्रति दुःख ब्यक्त गर्दै श्रदाञ्जली अर्पण गरेका छन्। त्यस्तै पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य राजकुमार लेखी, थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलगायतले श्रदाञ्जली अर्पण गर्नुका साथै सोक सन्तत परिवारमा हार्दिक सम्वेदना प्रकट गरेका छन्।

बाबुराम चौधरी नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार कमिटीका पूर्व सदस्य, नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय कमिटीका वरिष्ट उपाध्यक्ष, मधवलीया गाविसका पूर्वअध्यक्षसमेत थिए।

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.