‘थारु अगुवाकै कारण थारु समुदाय पछाडि पर्‍यो’

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhiउदयपुर- थारु कल्याणकारणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु अगुवाकै कारण थारु समुदाय पछाडि परेको बताएका छन्। उदयपुरको तपेश्वरी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लेखीले राज्यसत्तामा पुगेका थारु अगुवाहरुका कारण थारु समुदाय पछाडि परेको बताए।

‘पटकपटक थारु अगुवाहरु राज्यसत्तामा पुगेका छन्, मन्त्री भएका छन्, सांसद बनेका छन्, तर नीति निर्माणमा थारु समुदायका मुद्दा उनीहरुले कहिल्यै उठाएनन्,’ कार्यक्रममा उनले भने।

उनले विजय गच्छदार, परशुनारायण चौधरीजस्ता अगुवाहरुले ऐननियम बनाउँदा थारु अकअधिकार मुद्दा उठाएका थारु समुदाय पछाडि नपर्ने बताए। त्यसैले राष्ट्रिय राजनीतिमा, राष्ट्रको मूलधारमा आउन दुईचारको मुख ताकेर नहुने बताए। थारु कल्याणकारिणी सभाले असोज १, २ र ३ गते राष्ट्रिय स्तरको कार्यक्रम चीतवन भइरहेको जानकारी गराउँदै लेखीले सबै गाउँ र जिल्ला कमिटी पदाधिकारीहरु सहभागी भएर राष्ट्रको मूलधारमा आउन आग्रह गरे।

कार्यर्क्रममा सहभागीहरुले थारुमा बढ्दै गएको समाजिक कूप्रथाविरुद्ध पनि आवाज उठाए। मधेसी समुदायजस्तै थारु समुदायमा पनि दहेज प्रथा मौलाइरहेको बताउँदै सहभागीहरुले त्यस्त कूरीतिविरुद्ध सबैले आ-आफ्नै ठाउँबाट आवाज उठाउनुपर्ने धारणा राखेका थिए।

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.