म हिरासतमा छैन, एक दिन यो देशको सत्ता हाम्रो हातमा हुनेछ : लक्ष्मण थारु

काठमाडौं- पैसा लिएर त्रिपाल नदिएको भन्दै ठगी अभियोगमा पक्राउ परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय नेता लक्ष्मण थारुले आफू हिरासतमा नरहेको बताएका छन्। उनले आफू थारु भिलेजमै व्यस्त रहेको बताउँदै एक दिन यो देशको सत्ता आफूहरुको हातमा हुने बताएका छन्।

Laxman FB Status 02

शेर्पासँघलाई ३० लाखको पाल ल्याइदिन्छु भन्दै लक्ष्मण थारुले संघसँग १३ लाख नगद र १७ लाख चेक बुझेका थिए। एक हप्ता समयमा पाल नल्याइदिएपछि संघले गौशाला प्रहरीमा उजुरी गरेको थियो। उजुरी परेलगत्तै गत जेठ ८ गते थारुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको महानगरी प्रहरी वृत गौशलाका डीएसपी राकेश सिंहले बताएका थिए।

उनीविरुद्ध ठगी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायरसमेत भएको छ।
Laxman FB Status 01

Leave a Reply to Jimmyhoals Cancel reply

Your email address will not be published.