निश्मा चौधरी मिस नेपालमा, निश्माबारे थाहा पाउनुस् (भिडियोसहित)

 Miss Nepa, Nishma Chaudhary 01

मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्।

Miss Nepa, Nishma Chaudhary 09

निश्मा साइक्लोजी विषय लिएर स्नातक दोस्रो वर्षमा पढ्दैछिन्। मिस नेपाल आफ्नो लागि ठूलो पल्याटफर्म भएको निश्माले बताइन्। मिस नेपालमा आएर आफ्नो क्षमता प्रस्तुत गर्नुका साथै यहाँबाट धेरै कुरा सिकिरहेको उनले बताइन्। उनले मिस नेपालको उपाधिले धेरै कुराको महत्व राख्ने भएकाले जित्ने कोसिस रहने बताइन्। यद्यपि ताज जित्‍न नसके पनि आफ्नो पढाइ र करियरलाई निरन्तरता दिने सोँच उनले बनाएकी छन्।

Miss Nepa, Nishma Chaudhary 02

द हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपालको यो २०औं संस्करण हो। निश्मासँगै यसपटक मेधा कोइराला, रेबिका क्षेत्री, सृष्टि भट्टराई, पूजा श्रेष्ठ, प्रियारानी लामा, सुजाता खनाल, रिता केसी, सोनु थापा मगर, अनु खड्का, सुदिपा पाठक, दिव्यता वैद्य, प्रशंसा पराजुली, इभाना मानन्धर, दुर्गा गुरुङ, एसिना पौडेल, कृपा न्यौपाने, स्नेहा पौड्याल र नुनिङ लिम्बुले सहभागिता जनाएका छन्। यसपटक मिस नेपालमा काठमाडौंबाहेक ललितपुर, तनँहु, सिराहा, रुपन्देही, कास्की, झापा, चितवन, सुनसरी र ललितपुरका सहभागीले प्रतिस्पर्धा गर्दैछन्।

Miss Nepa, Nishma Chaudhary 05

कोरियोग्राफर रचना गुरुङ शर्मा र माल्भिका सुब्बाले प्रतियोगीहरुलाई कुपण्डोलस्थित द हिडन ट्रेजरमा प्रशिक्षण दिइरहेका छन्। ‘हरेक पटक नयाँ शैलीले प्रशिक्षण दिने प्रयास गर्छु। मैले पनि सिक्ने मौका पाएको छु,’ कोरियोग्राफर रचना शर्माले भनिन्। आगामी वैशाख ४ मा अन्नपूर्ण होटलमा अन्तिम प्रतिस्पर्धा हुँदैछ। पूर्व मिस नेपालहरु स्वेता सिंह, माल्भिका सुब्बा, प्रिती सिटौला, सदीक्षा श्रेष्ठ, मलिना जोशी, सृष्टि श्रेष्ठ, इशानी श्रेष्ठ र सुविना लिम्बुलगायतले सहभागिहरुलाई प्रशिक्षण दिइरहेका छन्।

Miss Nepa, Nishma Chaudhary 03

विजेताले एक लाख र डब्लुडब्लुएफको सद्भावना दूत हुनेछिन्। त्यस्तै दोस्रोले ६० र तेस्रोले ४० हजार पाउँनेछन्। मिस नेपालअन्तर्गत ट्यालेन्ट राउन्ड आगामी चैत २३ मा रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ। ‘यसपटकको मिस नेपालको लागि राजधानीबाहेक विभिन्न स्थानमा अडिसन गरेका थियौं। त्यसैले मिस नेपालमा सहभागी भएका प्रतिनिधित्वमा विविधता भेट्न सकिन्छ। हामीले सहभागिलाई व्यक्तित्व विकासलगायतका विभिन्न प्रशिक्षणहरु प्रदान गरिरहेका छौं,’ आयोजककी सुवर्ण क्षेत्रीले भने।

निश्मा चौधरीलाई भोट गर्नुस्

मिस नेपालले आजैदेखि एसएमएस भोटिङ लाइन सुरु गरेको छ। निश्मा चौधरीलाई भोट गर्न तपाईँको मोबाइलको म्यासेज बक्समा गएर MN टाइप गरेर स्पेस दिनुस् र ११ थिचेर ३६२६ मा पठाउनु सक्नुहुन्छ। सबैभन्दध धेरै भोट पाउनेले पपुलर च्वासको उपाधि जित्नेछन् भने धेरै भोट पाउनेहरु सिधै टप १० मा इन्ट्री पाउनेछिन्।

भिडियो हेर्नुस्:

 Miss Nepa, Nishma Chaudhary 08

Miss Nepa, Nishma Chaudhary 04

Miss Nepa, Nishma Chaudhary 07

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.