थाकसले भातृसंगठन विस्तार गर्दै, चैत २२ गते संयुक्त भेला

Thakasaसान्तोष दहित, काठमाडौं- थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिले भातृसंगठन विस्तार गर्ने भएको छ। थारु समुदायको अधिकारलाई स्थापित गर्नका लागि विभिन्न भातृसंगठन विस्तार गर्न लागेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले जानकारी दिए।

अहिले सबै थारुहरुलाई एकजुट बनाइ थारु समुदयाको पक्षमा संविधान ल्याउनका निम्ति भातृसंगठन विस्तार गर्नुपेरेको उनले बताए। लेखीका अनुसार चैत २२ गते काठमाडौंमा बृहत् भेला गरी ५ वटा भातृ संगठन विस्तार गर्न लागेको बताए।

उनको अनुसार थारु युवा सभा, थारु शिक्षक सभा, थारु महिला सभा, थारु साहित्यकार सभा र थारु खेलाडी सभा विस्तार गर्न लागेको थारुवान डटकमलाई जानकारी गराए। यसअघि थारु कल्याणकारिणी सभाका भातृ संगठन नभए पनि अहिले थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट थारु समुदायको हकहितको लागि भातृसंगठन विस्तार गर्ने निर्णय भएकाले पनि सोही निर्णयलाई कार्यान्वयन गर्न संगठन विस्तार भइरहेको लेखीले बताए।

थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयबाट थारु कल्याणकारिणीको सबै शाखा रहेको जिल्लामा प्रतिनिधि छनौटका लागि सर्कुलर तथा निर्देशन दिइसकेक उनले बताए। शाखा रहेको प्रत्येक जिल्लामा ५ जना शिक्षक, ५ जना युवा, ५ जना महिला, ५ जना सहित्यकार र ५ जना खेलाडी गरी एक जिल्लाबाट २५ जना प्रतिनिधिको रुपमा छनौट गर्ने काम भइरहको लेखीले बताए।

‘सबै प्रतिनिधि छनौट भइसकेपछि उहाँहरु चैत २१ गतेसम्म काठमाडौं आइपुग्नुहुन्छ,’ लेखीले भने, ‘२२ गते सबैको भेला संयुक्तरुपमा उद्घािटन गरिनेछ।’ उक्त बृहत् र संयुक्त भेलाको उद्घालटन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गर्ने कार्यक्रम रहेको लेखीले बताए। ‘उद्घाबटनलगत्तै विभिन्न जिल्लाबाट आएका सबै शिक्षक, महिला, युवा, खेलाडी र साहित्कारलाई छुटाछुट्टै केन्द्रीय कार्यसमिति गठन हुन्छ। त्यसपछि उहाँहरुलाई जिल्ला जिल्लामा आ-आफ्नो संगठन विस्तारका लागि निर्देशन दिन्छौं,’ लेखीले भने। उनीहरुको जिम्मेवारी, काम कर्तव्य, संगठनले गर्ने कामलगायतको प्रशिक्षणसमेत दिइने लेखीले बताए।

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.