मिस्टर नेपालमा थारु समुदायका युवा, भोट गरेर जिताइदिन अपिल

Dosh Haran Chaudhary

एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपालमा थारु समुदायबाट प्रतिनिधित्व जनाउँदै दाङ निवासी दोशहरण चौधरी अन्तिम स्पर्धामा छनौट भएका छन्। हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले अन्तिम स्पर्धामा छनौट भएका हुन्। 

स्नातक अध्ययनरत उनले भविष्यमा सकुशल कलाकार बन्न चाहन्छन्। उनी भन्छन्, ‘मिस्टर नेपाल केही गर्न चाहने युवाका लागि निकै उपयोगि प्ल्याटफर्म हो। जहाँ थारुको उपस्थिति शून्यजस्तै छ। यो उपाधि जितेर मेरो समुदायका लागि केहि गर्न चाहन्छु।’

दोशहरण चौधरीले ‘जुनेलीके आश मे’नामक थारु भाषाको गिती एल्बमा गीत गाउनुका साथै रचना र संगीतसमेत भरेका छन्। उनलाई हालै थारु कम्युनिटीले युवा क्याटोगरीमा सम्मानसमेत गरेको थियो।

चैत २१ गते अन्तिम स्पर्धा हुने मिस्टर नेपालको उपाधि जिताउन उनले थारु समुदायसँग अपिलसमेत गरेका छन्। उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर Mr<space>28 टाइप गरेर ५००५ मा पठाउनसक्नु हुन्छ। उपाधिका लागि भोट मुख्य भएकोले अत्याधिक भोट दिएर थारु समुदायको युवालाई मिस्टर नेपाल बनाउन मद्दत गर्नसक्नुहुन्छ।

तलको फोटोमा क्लिक गरेर तस्बिरमा LIKE गरेर पनि भोट गर्न सक्नुहुन्छ। तस्बिरसँगै एक्सपोज नेपालको फेसबुक पनि LIKE गर्नुपर्ने हुन्छ। तबमात्र भोट गनिन्छ।

यसअघि थुप्रै मिस्टर नेपालले उपाधिसँगै फिल्म क्षेत्रमा स्थापित भएका छन्। जीवन लुइटेल, डा. आयुष्मान घिमिरे, सुरेश दौली, सुरज चिलुवाल उदाहरण हुन् जो नेपाली फिल्म क्षेत्रमा स्थापित भइसकेका छन्।

यो उपाधि जित्नेले एक लाख नगदसँगै फिल्म खेल्ने अवसर पाउनेछन्। साथै राष्ट्रिय मोडलिङ संघको सदस्यसमेत हुन पाउनेछन्। मिस्टर वर्ल्डमा समेत सहभागी हुन पाउने एक्सपोज नेपालले जनाएको छ।

 

Leave a Reply to AlbertMam Cancel reply

Your email address will not be published.