एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र

pappu

भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ।

सांसद यादवले मधेशमा आत्मनिर्णयको अधिकारसहित एक मधेस एक स्वायत्त प्रदेश हुनुपर्ने उल्लेख गर्दै नेपाल राज्यको हरेक निकायमा मधेशीको समानुपातिक समावेशी प्रतिनिधत्वको मागसमेत गरेका छन्। मधेस हरेक प्रकारले सम्पन्न र आत्मनिर्भर थियो तर आज त्यही पहाडी शासकद्वारा गरिएको बर्बर, उपेक्षा, उत्पीडन, विभेद र दमनका कारण मधेस बर्बाद भइरहेको पत्रमा भनिएको छ।

‘मधेसी विभेदमा पर्नुको एउटै कारण हो, मधेसीहरु भारतीयजस्तो देखिनु,’ सांसद पप्पु यादवले आफ्नो पत्रमा मधेसीको रहनसहन, भाषा, संस्कृति, अनुहार भारतीयजस्तो भएका कारण उनीहरु पहाडी शासकबाट शोषित भएको उल्लेख गरेका छन्। मधेसको समस्या मधेसको मात्र नभएर राष्ट्रको समस्या भएको उल्लेख गर्दै नेपालमा बन्न लागेको सविधानमा पनि मधेसीको अधिकार सुनिश्चित नहुने दाबी उनले सविधानमा मधेसीको अधिकार सुनिश्चित नभए देशमा द्वन्द्व कायम रहनेसमेत सचेत गराएका छन्। उनले मधेसी र पहाडीबीचको विभेद् समाप्त भए यसले भारतलाई पनि फाइदा हुने जिकिर गरेका छन्।

मधेसको समस्याबाट प्रधानमन्त्री मोदी अनभिज्ञ नरहेको कुरा पनि उनले आफ्नो पत्रमा उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रको साथमा मातृका यादव संयोजक रहेको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको अपिल पनि पेस गरेका छन्। भारतीय जनता दलका सांसद यादव भारत विहार मधेपुराबाट लगातार ५ वर्षदेखि लोकसभामा जित्दै आएका छन्। उनले यसपटक शरद यादवलाई हराएका छन्।

-रातोपाटीबाट साभार

Leave a Reply to Phillipurink Cancel reply

Your email address will not be published.