‘सकल सेल एनिमिया’बाट मध्यपश्चिममा पाँच जनाको मृत्‍यु

sakal_cell_719123138

सिकल सेल एनिमिया रोगबाट मध्यपश्चिममा पाँच जनाको मृत्यु भएको छ । सिकल सेल एनिमिया तथा रक्त कोष सम्बन्धि रोगहरु सम्बन्धमा बहुनिकाय वीच अन्तरक्रिया कार्यक्रममा भेरी र सेती अंचल अस्पतालमा कार्यरत चिकित्सकले उक्त जानकारी दिएका हुन् । कार्यक्रममा भेरी अंचल अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बाँकेको एक, र दाङका एकजनाको मृत्यू भएको जानकारी दिए । उनले मृत्यु हुनेमा सबै थारु समुदायका रहेको जानकारी दिए।

सेती अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. सुभेषराज कायस्थले सिकल सेल रोगका कारण कैलालीमा तीन जनाको मृत्यू भइसकेको बताए । उनले पनि मृत्यू भएकाहरु सवै थारु समुदायका भएको बताए।सेती अंचल अस्पतालमा डायग्नोसिस गर्दा ५० जना विरामी फेला परेको डा. कायस्थले बताए। थारु समुदायका नागरिकमा सिकल सेल बढि देखिए पनि अन्य समुदायमा पनि देखिन थालेको फिजिसियन डा. पाण्डेले बताए।

गत साउनदेखि मंसिरसम्म भेरी अंचल अस्पतालमा ६० जना सिकल सेलका विरामी अस्पतालमा भर्ना भएको बताउँदै उनले सिकल सेल बारे जानकारी नभएका कारण विरामीहरु आउने संख्या कम भएको बताए।

‘गाउँ-गाउँमा सिकल सेलका विरामी भए पनि लक्ष्यणका बारेमा जानकारी नहुँदा अस्पतालसम्म आउन सकेका छैनन्।’उनले भने–‘यसका लक्ष्यणका बारेमा यथेष्ट जानकारी गराउनसके अझ धेरै विरामी उपचारका लागि आउने देखिन्छ।’

सिकल सेलका विरामीमा हाडजोर्नी दुख्ने, कम्जोरी महशुस हुने, हाडजोर्नी दुखेपछि विरामी थला पर्ने, बालबालिकामा निमोनियाको संकेत देखिने जस्ता लक्ष्यण देखिने डा. पाण्डेले जानकारी दिए।

‘नवजात शिशुमा यसको लक्ष्यण देखिनु भनेको निमोनियाको जस्तो संकेत देखिनु हो’फिजिसियन डा. पाण्डेले भने–‘निमोनियाको संकेत देखिएर नवजात शिशु मरेको जस्तो हामीलाई लाग्छ तर, निमोनियाका कारण नभई सिकल सेलका कारण मरेको देखिन्छ।’

सिकल सेल बंशानुगत रोग भएको बताउँदै उनले चिना जुराएर विवाह गर्नुभन्दा बर र कन्याको सिकल जाँच गराउनुपर्ने उनले सुझाव दिए।

श्रीमान श्रीमतिमा सिकल सेल भए बच्चामा सर्ने सम्भावना दुई गुणा भएको चिकित्सकले बताएका छन्। त्यसैले विवाह गर्नुअघि सिकल सेल जाँच गराउन जरुरी छ।

साभार : सुरेन्द्र काफले/अन्नपूर्णपोस्ट

Leave a Reply to EugeneChurn Cancel reply

Your email address will not be published.