थाकसको भेलामा पाँच कार्यपत्र प्रस्तुत

Tha Ka Sa-7

थारु कल्याणकारिणी सभाको दुईदिने राष्ट्रिय कार्यकर्ताभेला बिहिबारदेखि काठमाडौंमा सुरु भएको छ। उपत्यकासहित तराईका २२ जिल्लामा बासोबास गर्ने थारुहरुलाई वर्तमान राजनीतिक एजेण्डा, अधिकार तथा कर्तव्यको पाटो र राज्यको पुनःसंरचनाका विषयमा गम्भीर छलफल हुने सभाका अध्यक्ष धनीराम चौधरीले बताए। डेढसय अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा विभिन्न शिर्षकका आठवटा कार्यपत्रहरु प्रस्तुत गरिने आयोजकले बताएको छ।

Tha Ka Sa-3

बिहीबार ११ बजेदेखि राजधानीको तमुबौद्ध सेवासमितिको सभाकक्षमा सुरु भएको अगुवा कार्यकर्ता भेलामा पाँच जनाले विभिन्न शीर्षकको कार्यपत्र प्रस्तुत गरे। सो कार्यपत्रमाथि गम्भीर छलफल भइ निचोड निकाल्नेकाम भएको थारु अगुवा राजकुमार लेखीले बताए। उनका अनुसार विहिबार समाशास्त्री डा. कृष्ण भट्टचन, अधिकारकर्मी ज्योति दनुवार, पत्रकार लक्की चौधरी तथा एकराज चौधरी र हृद्यनारायण चौधरीले कार्यपत्र प्रस्तुत गरे।

Tha Ka Sa-4

कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टचनले प्रथाजनित कानुनलाई नयाँ संविधानमा सम्बोधन गर्नसकेमात्र आदिवासीको वास्तविक पहिचान सम्बोधन हुने बताए। प्रथाजनित कानुनलाई कानुनीरुपमा सम्बोधन गर्ने अधिकार अन्तर्राष्ट्रिय श्रम संगठन १६९ ले अधिकार प्रदत्त गरेकाले त्यसको कार्यान्वयनकालागि थारुले नै राज्यलाई दबाब दिनुपर्ने बताए।

Tha Ka Sa-5

नयाँ संविधान बन्नेक्रममा रहेकाले त्यसमा थारुको अधिकार सुनिश्चित् गर्न आधिकारीक धारणा तयार गर्न भेलाको आयोजना गरिएको नेता राजकुमार लेखीले बताए। कार्यक्रमको उद्घाटनसत्रमा सभाका अध्यक्ष धनिराम चौधरीले थारु, आदिबासी जनजाति, मुश्लिम, दलित, महिला, मधेसीको अधिकार सुनिश्चित्ताकालागि सबैको सामूहिक प्रयासको खाँचो औंल्याए।

Tha Ka Sa-8

कार्यक्रम शुक्रबारसम्म चल्ने र शुक्रबार पनि चारवटा कार्यपत्र प्रस्तुत हुने उनले बताए। कार्यक्रममा सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको झापा, मोरङ सम्मका थारु अगुवाहरुको सहभागिता छ।

Tha Ka Sa-2

Tha Ka Sa-6

Tha Ka Sa-1

Leave a Reply to JohnnyTaf Cancel reply

Your email address will not be published.