राजधानीमा थारु हस्तकला प्रदर्शनी

Tharu Handycraft fair_Tharu village-2

थारु समुदायको हस्तकला प्रबर्छन गर्ने उद्देश्यका साथ काठमाडौंको विजुलीबजारस्थित थारु भिलेजमा ‘थारु हस्तकला प्रदर्शनी’ सुरु भएको छ। फागुन १ गतेदेखि ७ सम्म चल्ने प्रदर्शनीको उद्घाटन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उद्घाटन गरेका थिए। प्रदर्शनीमा थारु परम्परागत हस्तकला तथा सरसमानहरु राखिएका छन्। प्रदर्शनीमा हटकेस, ब्रेड बास्केट, ढकिया, डेल्वा, बाँसको घर, गोरी, मन्दिर, टोपी, ट्रे, बिरा, झोबन्दा, डेगा, चकटी, गोन्दी, लेहेँगालगायतका सरसमान राखिएका छन्।

Tharu Handycraft fair_Tharu village-3

थारु हस्तकला संकलन गरेर काठमाडौं ल्याएको सुमित्रा चौधरीले बताइन्। उनका अनुसार ५० रुपियाँदेखि ५ हजारसम्मका सरसमान प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीले थारु हस्तकलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबर्द्धन हुने विश्वास थारु भिलेजका सञ्चालक लक्ष्मण थारुको छ। थारु समुदाय सिप, कला तथा हस्तकलाको निकै धनी भए पनि त्यसको प्रचारप्रसार तथा प्रबर्द्धनको अभावमा गाउँदै रोजगारीको सिर्जना हुन नसकेको थारु अगुवाहरुको बुझाइ छ। हस्तकलालाई व्यवसायको रुपमा स्थापित गर्नसके थारुहरुले गाउँमै रोजगार पाउने वक्ताहरुको जोड थियो।

Tharu Handycraft fair_Tharu village-4

Tharu Handycraft fair_Tharu village-5

Tharu Handycraft fair_Tharu village-1

Tharu Handycraft fair_Tharu village-7

Tharu Handycraft fair_Tharu village-8

Tharu Handycraft fair_Tharu village-9

Tharu Handycraft fair_Tharu village-10

Tharu Handycraft fair_Tharu village-12

Tharu Handycraft fair_Tharu village-13

Tharu Handycraft fair_Tharu village-11

Tharu Handycraft fair_Tharu village-14

Tharu Handycraft fair_Tharu village-15

Tharu Handycraft fair_Tharu village-16

Tharu Handycraft fair_Tharu village-18

Tharu Handycraft fair_Tharu village-19

Tharu Handycraft fair_Tharu village-17

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.