तेजुलाल चौधरी भन्छन्- ‘नेम्वाङको निर्णय गलत थियो, म सत्तापक्षसँग सन्तुष्ट छैन’

Tejulal Chaudhary

नेपाली कांग्रेसकै सभासद् तेजुलाल चौधरीले आफू सत्तापक्षसँग असन्तुष्ट भएको बताएका छन्। उनले विपक्षी दल एमाओवादी, मधेसीलगायतलाई संविधान निर्माण प्रक्रियामा समेट्नुपर्ने बताउँदै असन्तुष्टि जनाएका हुन्। ‘द भ्वाइ अफ मधेस’नामक अंग्रेजी साप्ताहिक पत्रिकासँग कुरा गर्दै चौधरीले प्रश्नावली समिति गठन गर्नुको मतलब नभएको बताएका छन्। ‘विपक्षी गठबन्धनलाई साइड लगाएर संविधान निर्माण निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। तर उनीहरुको अनुपस्थितिमा बनाइएको संविधान दीर्घकालीन टिक्न सक्दैन।’

उनले एमाओवादी नेतृत्वको मोर्चालाई संविधान सभा छाडेर नजान आग्रहसमेत गरेका छन्। ‘एमाओवादी नेतृत्वको मोर्चा संविधानसभा छाडेर जानु हुँदैन। मलाई विश्वास पनि छ उहाँहरु जानु हुँदैन भनेर।’

उनले ब्यक्तिगत धारणा राख्दै पत्रिकासँग भनेका छन्, ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको निर्णय पनि गलत थियो। उहाँले सहमतिको प्रयास गराउनुपर्नेथ्यो। उहाँको निर्णयप्रति मेरो असहमति छ। तर त्यसमा हामीले उहाँलाई कुनै दबाब दिने कुरा आउँदैन।’

अन्तर्वार्ता यहाँ पढ्नुस्

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.