विभन्न विधाका थारु युवाहरु सम्मानित

Geeta Chaudhary

काठमाडौं- थारु कम्युनिटीले थारु युवाहरुलाई सम्मान गरेको छ। उसको पाँचौं वार्षिकोत्सवको अवसरमा विद्यार्थी राजनीतिज्ञ सीतारम चौधरी, युवा अभियन्ता तथा पत्रकार मदन चौधरी, युवा अभियन्ता गीता चौधरी, लेखक तथा कवि जागृति चौधरी र गायक दोशहरण चौधरीलाई सम्मान गरेको हो। नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले सम्मानित युवालाई प्रमाणपत्र र टोकन अफ लभ वितरण गरे।

Madan Chaudhary

विभिन्न पेसा अंगालेर थारु समुदायप्रति योगदान दिने युवाहरुलाई सम्मान गरिएको थारु कम्युनिटीका विवेक चौधरीले बताए। उनले यो पुरस्कार वर्षेनि प्रदान गर्ने जानकारी दिए। ‘यो वर्ष हामी काठमाडौं केन्द्रीत रहेर थारु समुदायप्रति योगदान दिने र केही गर्ने आँट भएका युवालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेका हौं,’ उनले भने, ‘अर्को वर्षदेखि हामी देशभीरबाट थारु समुदायप्रति योगदान दिने युवाहरुलाई सम्मान गर्नेछौं।’

Doshharan Chaudhary

कार्यक्रममा पहिलो थारु फिल्म ‘करम’का निर्माता तथा कलाकार रामलाल चौधरी, परशुराम चौधरी, रेनु चौधरी र संगीतकार विकास चौधरीलाई पनि सम्मान गरिएको थियो।

पर्यटन बोर्डमा भएको कार्यक्रममा थारु सभासद् गोपाल दहित, योगेन्द्र चौधरी र अमनलाल मोदी उपस्थिति थिए।

तस्बिर : आयोजक थारु कम्युनिटी

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.