चन्द्रकुमारले थाकस अध्यक्ष धनिराम चौधरी र राजकुमार लेखीविरुद्ध मुद्दा हाल्ने

Dhaniram Chaudhary And Rajkumar Lekhi

थारु कल्याणकारिणी सभाका निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीले थाकसका अध्यक्षविरुद्ध मुद्दा हाल्ने भएका छन्। उनले आफ्नो चरित्रहत्या गरेको भन्दै थाकस अध्यक्ष धनिराम चौधरी र केन्द्रीय सदस्य राजकुमार लेखीविरुद्ध मुद्दा हाल्ने बताए।

एक हप्ताअघि थाकसले आर्थिक अनियमितता गरेको भन्दै उनलाई थाकसको सल्लाहकारबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। उनलाई साढे तीन लाख रकम हिनामिना गरेको आरोपसमेत धनिराम चौधरीले लगाएका थिए। राजकुमार लेखीले पनि विभिन्न जिल्लाबाट उठेको आजीवन सदस्यस्ता शूल्य हिनामिना गरेको आरोप लगाएका थिए।

चन्द्रकुमारले अघिल्लो कार्यसमितिको हिसाबकिताब बुझाउन ढिलाइ भएको स्विकार गर्दै यसबारे धनिरामसँग छलफल भइरहेको बताए। ‘नातिनी बिरामी परेर हिसाब किताब बुझाउन ढिलाइ भएकै हो,’ उनले भने, ‘तर धनिरामजीलाई बताइरहँदासमेत यस्तो निर्णय गरेर मेरो चरित्र हत्या गर्न पाइन्छ।’

उनले झापामा भएको २१औं महाधिवेशनको आर्थिक समितिमा राजकुमार लेखी स्वयं पनि भएको बताए। ‘आर्थिक समितिमा आफैं पनि बस्ने, अनि आर्थिक हिनामिना भयो भन्ने, भ्रष्टाचार गर्‍यो भन्ने,’ उनले प्रश्न गरे, ‘त्यसो हो भने त ऊ आफै‌ पनि भ्रस्टाचार गरेको ठहरिन्छ।’

उनले हिसाब किताबै नबुझाइकल कसरी आफूले भ्रस्टाचार गरेको प्रश्न थाकस पदाधिकारीलाई गरेका छन्। ‘मैले हिसाब किताब बुझाउनै बाँकी छ। तर धनिरामजीहरुले भ्रस्टाचार गर्‍यो भन्दैछन्। हिसाबै नबुझाइ कसरी भ्रस्टाचार हुन्छ,’ उनले प्रश्न गरे।

केही काम विशेषले सुनसरीमै भएको र काठमाडौं आएर दुबैविरुद्ध मुद्दा हाल्ने उनले थारुवानलाई बताए।

Leave a Reply to Alanmex Cancel reply

Your email address will not be published.