बहुप्रदेशसहित थरुहट सुनिश्चित नभए थाकसले आन्दोलन गर्ने

Butwal_maghi-5 

कमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा पर्रोहा गाउँ कमिटीको आयोजनामा दुई दिने थारु नव वर्ष खिचडी माघी महोत्सव रुपन्देहीको मुर्गियामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले थारु समुदायले माघी पर्वलाई एक स्वतन्त्र प्राप्त गर्ने दिन भएकाले यस पर्वलाई नयाँ वर्षका रुपमा उल्लासको साथ मनाइँ आएको बताए।

Butwal_maghi-4 

उन आउँदै गरेको संविधान सभा दुईमा थारु समुदायको हक, धिकार पूरारुपमा लेखिनुपर्ने बताए। उनले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान सुनिश्चित नभए कडा आन्दोलन गर्ने चेतावनी दिए। पहाडमा जत्तिको प्रदेश निर्माण हुन्छ, त्यत्ति नै प्रदेश तराईमा बनाउनुपर्नेमा उनको जोड थियो।

Butwal_maghi-3

अध्यक्ष चौधरीले थारु समुदायलाई जबर्जस्ती मधेसी बनाइकोमा घोर आपत्ति प्रकट गर्दै त्यसलाई तुरुन्त सच्याइनुपर्ने बताए। जनसंख्याको आधारमा राज्य पुनर्संरचना र प्रदेश निर्माण गर्नुपर्ने उनको माग थियो। थारु समुदायले माघीलाई आन्दोलनको रुपमा मनाउने उनले बताए।

उनले संविधान सभा समयमै बनोस् भन्दै राजनीतिक दललाई झकझकाउन दबाबस्वरुप माघ १ गतेदेखि आन्दोलनका कार्यक्रम गर्ने बताए। जसअन्तर्गत थाकस गाउँ, वडा, जिल्ला र केन्द्रस्तरबाटै विभिन्न धर्नाका जुलुसका कार्यक्रम गर्ने बताए।

Butwal_maghi-2

कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला सभापति रामवलि चौधरी, लुम्विनी पर्यटन विकास कोष समितिका अध्यक्ष तुलसी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, थाकस पर्रोहा गाउँ कमिटीका अध्यक्ष दुलबहादुर थारु, थारु कल्याणकारिणी सभा रुपन्देही सदस्य खुशीराम चौधरी, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति फणिन्द्रप्रसाद शर्मा, पर्रोहा उच्च माविका प्राचार्य बलबहादुर केसीलगायतले बोल्दै थारुको नव वर्ष माघीको शुभकामना दिएका थिए।

Butwal_maghi-1

सदाझै थाकस पर्रोहा गाउँ कमिटिले यस वर्ष पनि मुर्गियामा माघी खिचडी महोत्सवको आयोजना गरेको हो। हिजोबाट सुरु भएको महोत्सवमा थारु संस्कृति झल्किने झाँकी, थारु पहिरन, थारु नृत्य झुमरा, झर्रा, लङगडा, थारु गीत कलियुगके परी, प्रर्दशन गरिएको थियो। पहिलो दिनको कार्यक्रममा खेलकुद घोङी रेस, टिकुली प्रतियोगिता, हण्डीफोर खेल रहेको थियो।

साथै थारु खानाका परिकार अन्दीको भुजा, ढिकरी, गाभाको पकौडा, घोङी, सुँगुरको मासु, मुसाको मासु, गंगटाको मासु, मुलाको अँचार स्टलका रुपमा बिक्री वितरण गरिएको थियो।

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.