महोत्सवमा झुम्यो देउखुरी

Deukhuri mahotsaw

देवेन्द्र बस्नेत, दाङ- लमहीमा सुरु भएको देउखुरी कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन देउखुरीबासी दिनभर गीतसंगितमा झुमे। सांगितीक क्षेत्रमा ख्याती कमाएका कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु छिनमै रमे त छिनमै भावुक समेत बने। शनिवार (बिदाको दिन) दर्शकहरुको उल्यख्य सहभागीता। चर्चित गायक गायिकाको प्रस्तुतीले लमही दिनभर गुन्जायमान बन्यो।

सुगम संगित तथा चलचित्र क्षेत्रकी चर्चित गायिका माण्डवी त्रिपाठीको प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरन्जन लिए। स्टेज चढेपछि त्रिपाठीले ‘सिम्पल सिम्पल कान्छीको,डिम्पल पर्ने गाला’बोलको गीतबाट गायकी सुरु गरिन्। अत्यन्त् चर्चित बनेको यो गीतमा उनले दर्शकको निकै साथ पाईन्। दर्शकहरुले उनलाई तालीले साथ दिए। त्यसपछि उनको प्रस्तुती झन बेजोड बन्यो। ‘मेरो बारुले कम्मर लचक्क’ भन्दै कम्मर मर्काउँदै त्रिपाठीले यो गीतमा सुर भर्दा दर्शकहरु तालीमा मात्रै थामीएनन्। उफि्र उफि्र नाचे। होहल्ला गर्ने युवाहरुको भिड उफ्रयो। त्रिपाठी बारुले कम्मर मर्काएर मात्रै थाकिनन्। दर्शकको उत्साह,उनलाई दर्शकको मायाँको मात लाग्यो। अनि ठोकिन अर्को आईटम गीत ‘मात लाग्यो मात लाग्यो।’यो गीतले पनि दर्शकहरुलाई नचायो। ‘ढल्क्यो ढल्क्यो जोवन मेरो’ बोलको गीत पनि गाएकी गायिका त्रिपाठीलाई दर्शकहरुले निकै उत्साहका साथ नाचेर साथ दिएका थिए।

यस्तै सुगमसंगितका कुशल गायक तथा संगितकार गोविन्द मधुर आचार्य पनि उस्तै मास तताउन आईपुगे। दंगाली गायक आचार्यले सल्यानी टप्पामा भाका हाल्दा माहोल तात्यो। आचार्यलाई दर्शकहरुले ताली र नाचले साथ दिए। यसैगरी उनले सोल्टीनी कस्लाई गरुँ प्यार बोलको गीतमा पनि दर्शकको उत्तिकै साथ पाए। गायक आचार्यले चड्कीला गीतमा दर्शक नचाएनन् मात्रै। केहीबेर भावुक समेत पार्न भ्याए। विदेशीएका नेपालीको कथालाई समेटेर तयार पारेको उनको गीत ‘चोली फाट्यो की मेरो आमाको..’बोलको गीत गाउँदा दर्शकहरु भावुक बनेका थिए। विदेशीएका नेपालीले घर परिवारको सम्झनामा ब्यक्त भाव यो गीतमा आचार्यले समेटेका छन्।

महोत्सव नृत्य तथा भावुकतामा मात्रै सिमित बनेन,उत्तिकै हाँस्यो पनि। चर्चित हाँस्य कलाकार कमल गाउँलेको व्यंग्य महोत्सवमा दर्शकहरुलाई हाँस्ने गतिलो मसला बन्यो। गाउँलेले वर्तमान राजनीतिक परिवेश तथा समसामयिक विषयमा गतिलो प्रहार गरेका थिए। यसैगरी महोत्सवमा गायक राजु शाही लगाएत स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका थिए।

दोस्रो दिन २० लाखको कारोबार

यसैबीच लमही महोत्सवको दोस्रो दिन शनिवार २० लाख बरावरको कारोवार भएको छ। महोत्सवमा राखीएका दुई सय स्टलवाट सो बरावरको कारोवार भएको महोत्सव मुल आयोजक समिति अर्न्तगत आर्थिक संकलन उपसमितिका संयोजक हरीबहादुर कुवरले जानकारी दिए। दोस्रो दिन पाँच हजार भन्दा वढी दर्शक महोत्सवमा आएको टिकट ब्यवस्थापन समितिका संयोजक सितल भुसालले वताए।

महोत्सवमा विश्वकै होचा ब्यक्ति दाङ घर भएका चन्द्रबहादुर डाँगी, ब्यवसाय सुरुवात केन्द्र, मुक्त कमलहरीले बनाएको अचार पसल, हस्तकलाको सामाग्री गरी तयारी कपडा र दैनिक उपभोग्य राखीएको छ।

नागरिक पश्चिमेलीबाट/तस्बिर : थारु कम्युनिटी

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.