पद्मनारायण चौधरीले भने- ओलीले माफी माग्नु पर्दैन

Padmanarayan Chaudharyनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद पद्मनारायण चौधरीले तराई मधेसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जायज कुरा बोलेको भन्दै माफी माग्नुनपर्ने जिकिर गरेका छन् । सिराहा क्षेत्र नम्बर १ का सभासद चौधरीले ओलीले माफी माग्नुपर्ने मधेसी मोर्चाको अडानलाई अनुचित र अनावश्यक भने ।

‘ओलीजीलाई म संसदमा ०४८ सालदेखि नै चिन्छु, उहाँ आफ्नो कुरा प्रष्ट राख्ने र अडानमा अडिने नेता हो’ चौधरीले भने ‘बोल्दा उखान टुक्का प्रयोग गर्ने उहाँको आफ्नै शैली छ, तर उहाँ खराब मान्छे होइन’ ।

चौधरीले झापादेखि कञ्चनपुरसम्मको समथर भूभागलाई मधेस प्रदेश बनाउने र पहाडसँग तराई जोड्न नहुने मधेसी मोर्चाको धारणाप्रति ओलीले व्यक्त गरेको विचार सही रहेको बताए ।

‘समथर भूभागजति सबै मधेस हो भन्ने उहाँहरुको दृष्टिकोण खोटपूर्ण छ, ओलीजीले त्यसैलाई व्यंग्यात्मक ढंगले प्रतिवाद गर्नुभएको हो’ कांग्रेस नेता चौधरीले भने ‘झापा मोरङको कुरा त्यहाँका जनप्रतिनिधिले भन्ने हो, राजेन्द्र महतोले होइन’ ।

चौधरीले तराईमा कम्तिमा ३ प्रदेश हुनुपर्ने र तराई पहाड जोडिएका प्रदेश बनाउनुपर्ने कुरामा ओलीसँग आफूहरुको मत मिलेको बताए । उनले मध्यपहाडी राजमार्ग चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्ने समेत बताए ।

अनलाइनखबरबाट

Leave a Reply to RobertSiz Cancel reply

Your email address will not be published.