आर्थिक हिनामिना गरेको भन्दै थाकसको निवर्तमान अध्यक्ष चन्द्रकुमारलाई हटाइयो

Chandra Kumar Chaudhary-2

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीलाई संस्थाको कुनै पदमा नरहनेगरी मुक्त गरिएको छ। बुधबार बसेको सभाको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई संस्थाबाट मुक्त गर्ने निर्णय गरेको हो। थाकसको इतिहासमा पहिलोपटक यस्तो निर्णय गरिएको हो।

‘अघिल्लो कार्यसमितिले अहिलेसम्म हिसाब किताब बुझाएको छैन। हामीले अनुसन्धान गर्दा साढे तीन लाख रुपियाँ हिनामिना गरेको बुझियो। लिखित, मौखिक खबर गर्दासमेत नटेरेपछि संस्थाबाट हटाउने निर्णय गर्नुपरेको हो,’ सभाका अध्यक्ष धनिराम चौधरीले भने।

चन्द्रकुमार चौधरीले आजीवन सदस्यस्ताबाट उठेको रकमसमेत हिनामिना गरेको बुझिएको छ। केन्द्रीय सदस्य राजकुमार लेखीका अनुसार सप्तरीका ३८ जनाबाट उठाइएको आजीवन सदस्यताको रकम अध्यक्षले हिनामिना गरेको बुझिएको छ। उनले दाङ, बारा, पर्सा र काठमाडौंलगायतका ठाउँबाट उठाएको आजीवन दस्यता शुल्कसमेत हिनामिना गरेको बताए। सभाले चन्द्रकुमारलाई पाँच वटा अभियोग लगाइएको लेखीले बताए।

लेखीले निवर्तमान अध्यक्षले गरेको आर्थिक हिनामिनाबारे भर्खरै पोल खुल्दै आएको बताए। २४ जिल्लामा चेतनामूलक कार्यक्रमका लागि जनही ७ हजार दिने निर्णय गरिएको थियो। त्यसमा सात जिल्लालाई पैसा नदिएको र एकैदिन चार-पाँच जिल्लामा ५-६ जनाका बीच आधा घन्टा कार्यक्रम गरिएको लेखीले बताए। त्यहाँको रकम पनि हिनामिना देखिएको लेखीले बताए।

थाकसको विद्यानमा १५ दिनभित्र हिसाब किताब बुझाइसक्नुपर्ने उल्लेख छ। हिसाबकिताब नबुझाइँदा संस्था नवीकरण हुन नसकेको लेखीले बताए।

Leave a Reply to Albertonob Cancel reply

Your email address will not be published.