अमेरिकामा प्रतिष्ठित पदक जितेका रामशरण चौधरी सम्मानित

Ramsaran Chaudhary

कारी महतो– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाद्वारा तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण चौधरी सम्मानित भएका छन्। न्यू स्टार तेक्वान्दो डोजाङ्गद्वारा खैरहनी-१, स्थित कंकाली माविको प्रङ्गणमा भएको ४४औं जिल्ला स्तरीय प्रतियोगिताको उद्‍घाटन सत्रमा रामशरण चौधरी सम्मानित भएका हुन्। 

न्यू स्टार तेक्वान्दो डोजाङ्गका संस्थापक प्रमुख रामशरण चौधरी अमेरिकामा रहेर २००७ को लस भेगस इन्टर्नलन ओपन च्याम्पियसिपमा स्वर्णपदक, सन् २०१० को युएसए ओपन च्याम्पियनसिपमा कास्यपदक, २०१० को क्यालिफोर्निया इन्टरनेशनल ओपन च्याम्पियनसिपमा स्वर्णपदक, २०१० को ओसियनसाइड क्यालिफोर्निया इन्टरनेशनल च्याम्पियनसिपमा स्वर्णपदक, २०११ को क्यालिफोर्निया इन्टरनेशनल ओपन च्याम्पियनसिपमा स्वर्णपदक, २०१२ को यएसए ओपन च्याम्पियनसिपमा कास्यपदक लगायत २० भन्दा बढी पदक जितेका छन्। नेपालमै रहँदा पनि उनले पचासभन्दा बढी स्वर्णपदक हासिल गरेका थिए।

 Yuvraj Lama

सोही अवसरमा यसै वर्ष दार्जिलिङ र देहरादुन आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरुमा नेपालका तर्फबाट सहभागी भइ स्वर्णपदक हासिल गर्ने चितवनका १९ जना तेक्वान्दो खेलाडीहरु र टिम कोच सानुकाजी कुँवरलाई राखेपका सदस्य सचिव युवराज लामाले सम्मान गरेका थिए। सम्मानित हुने खेलाडीहरुमा एस्तर कुँवर, शिशिर श्रेष्ठ, सुस्मिता थापामगर, पार्वती गुरुङ, सञ्जय तामाङ, प्रसङ्ग कायस्थ, कृष्णबहादुर सिङ्धन, नविना खनिया, अभिषेक गौतम, शेखर उप्रेती, शीला गुरुङ्ग, रञ्जन तामाङ, विमल परियार, असरफ मिया, भिमसेन दर्जी, रोशन मिया, दूर्गा पाठक, अस्मिता पाठक र विनोद तामाङ्ग छन्।

तीमध्ये १७ जनाले दार्जिलिङ र २ जनाले देहरादुनबाट नेपाललाई स्वर्णपदक दिलाएका हुन् भनेर चितवन तेक्वान्दो संघका उपाध्यक्ष रोशन खानले जानकारी दिए। त्यसमध्ये महिला तेक्वान्दो खेलाडी सुस्मिता थापामगरले देहरादुनको प्रतियोगितामा सेमिफाइनलमा अफगानिस्तानलाई र फाइनलमा इराकलाई निकै रोचकपूर्ण तरीकाले हराएर स्वर्णपदक जितेको कुरा रोशन खानले बताए।

rs2

४४औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्‍घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव युवराज लामाले नेपाललाई ओलम्पिक खेलसम्म पुर्‍याउने माध्यम नै तेक्वान्दो खेल भएको बताए। चितवनका खेलाडीहरुलाई निरन्तररुपमा अथक प्रयास र मेहनत गर्ने तेक्वान्दो प्रशिक्षणहरुलाई प्रतिभावान स्तरिय खेलाडीहरु उत्पादन गर्नमा सफल भएकोभा धेरै धेरै धन्यवाद ज्ञापन गरे। तेक्वान्दो डोजाङ्ग भएका हरेक जिल्लामा जिल्ला स्तरीय एकेडेमीको निमार्ण हुनुपर्ने र सोको लागि जिल्ला खेलकुद विकास समिति र चितवन जिल्ला तेक्वान्दो सघं मिली त्यो प्रक्रियामा अगाडि बढ्न अनुरोध गर्दै त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्‍ले सक्दो सहयोग गर्ने बताए।

उद्‍घाटन सत्रमा राष्ट्रिय खेलकुद विकास समिति चितवन जिल्ला अध्यक्ष उत्तम गुरुङ, तेक्वान्दो संघका जिल्ला अध्यक्ष पुष्पराज जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम न्यु स्टार तेक्वान्दो डोजाङका प्रमुख धनबहादुर दराईको सभापतित्वमा भएको थियो। प्रतियोगितामा १९ वटा डोजाङका २१० जना तेक्वान्दो खेलाडीहरु सहभागी थिए।

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.