थारु विद्यार्थी समाजको महाधिवेशनमा जे देखियो

santosh dahitसन्तोष दहित- थारु विद्यार्थी समाजमको ६औं राष्ट्रिय महाधिवेशनको उद्‍घाटन चितवनको सौरहामा भव्यरुपमा सम्पन्न भयो। तर नेतृत्व चयनको अन्तिम घडीमा भने स्थगित हुनु दुःखद कुरो हो। यो हुनुभनेको थारु विद्यार्थी समाजको लागि मात्र नभएर सिंगो थारु समुदायका लागि ठूलो दर्घटना हो। यसको जिम्मेवारी नेतृत्व तहका विद्यार्थी नेताहरुले लिनुपर्छ।

एक-एक मुठी धान, चामल उठाएर जिल्ला जिल्लाबाट महाधिवेशनमा भाग लिन गएका थारु विद्यार्थीमाथि खेलवाड गरिएको छ। उनीहरुको हकहितको लागि आवाज उठाउने संस्थाले नै विद्यार्थीहरुमाथि खेलवाड भएपछि अबक नयाँ थारु विद्यार्थीहरुले कसरी विश्वास गर्ने।

Tharu-Student-Socity-6th-Convention-1

महाधिवेशन सफल बनाउको लागि जिल्ला जिल्लामा पैसा, धान, चामल उठाउन लगाउने र उठेको पैसा नेतृत्व तहको नेताको हातमा प्राप्त भएपछि महाधिवेशनको अन्तिम घडीमा स्थगित गराउनु भनेको यसभित्र केही आशंका उव्जिएको छ। प्रश्न खडा भएको छ।

एकपटक स्थगित हुनु स्वभाविकै थियो होला। तर फेरि त्यही वृतान्त दोहोरिनु पक्कै पनि राम्रो कुरा होइन। अहिले सबै थारु विद्यार्थीहरुको मन मरेको छ। उनीहरुको उत्साह, जोस र जाँगर मरेको छ। यो मर्नु भनेको थारु विद्यार्थी समाज नै विघटन भएसरह हो।

Tharu-Student-Socity-6th-Convention-2

त्यसैले नेतृत्वकर्तामाथि अब नयाँ पुस्ताका विद्यार्थीहरुले चिरफार गर्नुपर्छ। उनीहरुलाई वहिस्कार गर्नुपर्छ। यतिमात्र नभएर नेतृत्व तहका विद्यार्थी नेताहरुलाई हदैसम्म कारबाही पनि गर्नुपर्छ।

महाधिवेशनमा जे देखियो?

महाधिवेशन भनेको वर्तमान कार्यकालमा के-के काम भयो त्यसको लेखा जोखा साथै समिक्षा गर्नु हो। संगठनको लागि एउटा सक्षम तथा जुझारु नेतृत्व चयन गर्नु हो। तर थारु विद्यार्थी समाजको महाधिवेशनमा के देखियो भने- पैसाको चलखेल।

Tharu-Student-Socity-6th-Convention-4

खासगरी थारु विद्यार्थी समाजको ५औं राष्ट्रिय महाधिवेशनबाट यस्तो संस्कार बसेको देख्न पाइन्छ। अर्को खेल जिल्लामा महाधिवेशनमा गरैकै कारणले नेतृत्व पाउनुपर्ने संस्कार। यी दुवै संस्कारलाई अन्त्य गर्न विभिन्न जिल्लाबाट गएका विद्यार्थी प्रतिनिधिहरु जोडतोडका साथ आवाज नउठाएका होइनन्। आवाज उठाएपछि नेतृत्व तह लुकेर बसेको थियो।

चितवनको महाधिवेशनमा पनि यही देखियो। महाधिवेशनको उद्‍घाटन समयभन्दा केही सयम ढिला हुनु स्वभाविकै हो। तर घन्टौंसम्म सुरु नहुनुमा ‘दालमे कुछ काला’ जरुर छ। दोस्रो दिनको बन्द सत्र पनि बिहानको ८ बजे भने पनि ३ बजेमात्र सुरु भएको थियो। त्यो पनि अधुरै।

Tharu-Student-Socity-6th-Convention-3

नेतृत्वतहका नेताहरुले प्रतिनिधिहरुले सोधेको प्रश्न को जवाफै दिएनन्। उतरको लागि आवाज उठाए तर नेताहरु मौन बसिदिए। पटक-पटक ‘समयमा बन्द सत्र बस्नुपर्छ, समयमा महाधिवेशन सफल पार्नुपर्छ’ भन्दै प्रतिनिधिहरु नारा जुलस गरे। तर उनीहरु सुनेनन्, उल्टै तानाशाही बने।

बन्द सत्रबाट पनि असफल भएका नेताहरु हलबाट बाहिरिए। खानाको समय भन्दै बन्द सत्र स्थतिग गराए। एकाएक निर्वाचन प्रक्रियामा जानुपरेको भन्दै सूचना जारी गरे। विद्यार्थी प्रतिनिधरु पुनः बन्द सत्रका माग गरे। नाराजुलुस गर्न थालेपछि आफ्नो सुरक्षाका लागि गोलीगाठीसहितका प्रहरीलाई बोलाए। र, उनीहरु निर्वाचन स्थालबाट कता हराए कता?

Tharu-Student-Socity-6th-Convention-6

फोन गर्दा मोबाइल अफ? उता निर्वाचन मण्डलका टिम कछुवाजस्तै मध्यरातमा निर्वाचन गराउने प्रक्रियामा थियो। जसरी पनि आ-आफ्नै मान्छेलाई जिताउने प्रयास गरिँदै थियो होला सायद्। यो देखेर विभिन्न जिल्लाबाट गएका प्रतिनिधिहरुले आफूहरुलाई असहज भएको भन्दै निर्वाचन मण्डललाई ध्यानाकर्षण गराएका थिए।

Tharu-Student-Socity-6th-Convention-5

विद्यार्थी प्रतिनिधिहरुले जबरजस्त र तानाशाहीले महाधिवेशन गराए त्यसको जवाफ निर्वाचन मण्डलले लिने र भोलि जे पनि हुन सक्ने चेतावनी दिएपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। त्यसपछि महाधिवेशनका मुख्या आयोजक नेतृत्व तहका नेताको खोजी भयो। उनीहरु त्यस स्थलमा नभेटिएपछि विभिन्न जिल्लाका विद्यार्थी प्रतिनिधिहरु आ-आफ्नो जिल्लामा फर्किन बाध्य भए।

यो पनि पढ्नुस्:

विसर्जनको बाटोमा थारु विद्यार्थी समाज

Leave a Reply to Albertonob Cancel reply

Your email address will not be published.