मूल आयोजक कमिटीबाट थाविसका बिमल र संजयद्वारा राजीनामा

Bimal Chaudhary And Sanjay haudhary

थारु विद्यार्थी समाज (थाविस)को छैठौं महाधिवेशन सफल पार्न बनाइएको मूल आयोजक कमिटीको सदस्यबाट दुई जनाले राजीनामा दिएका छन्। थाविस उपत्यका समितिका सचिव विमल चौधरी र सदस्य संजय चौधरीले महाधिवेशन असफल भएको भन्दै नैतिकताको आधारमा राजीनामा घोषणा गरेका छन्। 

पुस १०, ११ र १२ गते भएको महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि चुनाव नभइकनै स्थगित घोषणा गरिएको थियो।  थाविस चितवन जिल्ला कमिटीको आन्तरिक विवाद, मूल आयोजक कमिटी र आयोजक जिल्ला कमिटीबीच उचित सहकार्यको अभाव, आर्थिक स्रोतको कमि, कार्यक्रमको योजनाहरुको समय तालिका अस्पस्ट नहुनु, विभिन्न राजनीतिक पार्टीको चलखेल, निर्वाचन मण्डलको कार्यको कम प्रभावशालिता आदिका कारण महाधिवेशन असफल भएको उनीहरुले थारुवानलाई बताए।

उनले भने, ‘हामी थारु विधार्थी समाज उपत्यकातर्फबाट अध्यक्ष उमेदबार वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरी र महासचिव चन्द्रप्रशाद चौधरीलाई एकै कोठामा राखेर सर्वसहमत गराउन खोजेपनि उक्त कार्य असफल भयो। त्यसैगरी निर्वाचन मञ्डलले पनि समयमा कार्य गर्न नसकेकाले यस महाधिवेशन असफल हुन गएकाले नैतिकताको आधारमा महाधिवेशन मूल आयोजक कमिटीको सदस्य पदबाट राजीनामा दिँदैछौं।’

सम्बन्धित समाचार पढ्नुस्: 

विसर्जनको बाटोमा थारु विद्यार्थी समाज

थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन

बन्द सत्रको माग गर्दै विद्यार्थीद्वारा नाराबाजी, प्रतिनिधिहरु अन्योलमा

‘थारु सभासद्हरुले थपडीमात्र बजाए’

इतिहासमा पहिलोपटक थाविस महाधिवेशनको उद्घाटन सहिद परिवारबाट

‘मधेस प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’

Leave a Reply to DarrylAdelm Cancel reply

Your email address will not be published.