थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन

DSC09536अन्ततः थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न सकेन। सहमति प्रयास पूर्णरुपमा विफल भएपछि र निर्वाचन आयोगले समयमै निर्वाचन गराउन नसक्दा जिल्ला प्रतिनिधिहरु घर फर्किएका छन्। राति १० बजेसम्म चुनाव नभएपछि आक्रोशित प्रतिनिधिहरु फर्किएका हुन्। केहीले त उम्मेदवारी फारम नै च्यातेर फालेका थिए। उनीहरुले मूल आयोजक कमिटीको विरोध गर्दै अबको महाधिवेशन दाङ वा कैलालीमा हुनुपर्ने माग गर्दै नाराबाजी गरे। यता मूल आयोजक कमिटी र निर्वाचन आयोगको बैठक बसिरहेको छ। अब के गर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ।

Leave a Reply to AllenMum Cancel reply

Your email address will not be published.