गोल्डेन स्प्रिन्ट मिटमा चौधरीहरुको वर्चस्व, आशिष उत्कृष्ट घोषित

Ashish Chaudhary  आशिष चौधरी र दिलमाया कार्की आइतबार राधजानीमा सम्पन्न एडिडास गोल्डेन स्प्रिन्ट मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका आशिष र दिलमायाले उत्कृष्ट खेलाडी भएवापत समान १० हजार रुपैयाँका दरले पुरस्कार पाए। दशरथ रंगशालामा सम्पन्न स्प्रिन्ट मिटमा आशिषले पुरुष १ सय मिटरको उपाधि जित्दा दिलमायाले २ सय र ४ सय मिटरमा स्वर्ण पदक जितिन।

पुरुष १ सय मिटरका राष्ट्रिय कीर्तिमानधारी त्रिभुवन आर्मी क्लबका यामसाजन सुनारले ‘फल्स स्टार्ट’ गरेको स्पर्धामा आशिषले १०.८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदकमा कव्जा जमाए। आर्मीकै खेलाडीद्धय मिनबहादुर चौधरीले १०.९ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर उपविजेता हुँदा छविलाल चौधरी ११ सेकेन्डको टाइमिङका साथ तेस्रो भए।

दिलमायाले २६ सेकेन्डको टाइमिङका साथ २ सय मिटरको स्वर्ण पदक जितिन भने ६१.६ सेकेन्ड लगाएर ४ सय मिटरमा हावी भइन। २ सय मिटरमा आर्मीकी कृष्णा चौधरी दोस्रो तथा नेपाली प्रहरी क्लबकी मनमती विष्ट तेस्रो भए। यसैगरी ४ सय मिटरमा आर्मीकी सरस्वती भट्टराई दोस्रो तथा एपिएफकी फुलमती राणा तेस्रो भए।

महिलाको १ सय मिटर दौडमा आर्मीकी कृष्णा चौधरीले १२.९ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जितिन भने प्रहरीकी मनमती विष्टले रजत तथा एपिएफकी सरस्वती चौधरीले कांस्य पदक जिते।

पुरुष ४ सय मिटरमा आर्मीका हिमाल केसीले ५०.१ सेकेन्डको टाइमिङका साथ स्वर्णमा कव्जा जमाउँदा उनकै क्लबका मुक्ति खड्काले ५०.६ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर रजत जिते। यसैगरी नेपाल प्रहरीका खेमराज चौधरी (५२.६ सेकेन्ड) ले कांस्य पदक जिते।

१ सय मिटरमा ‘फल्स स्टार्ट’ गरेका यामसाजनले २१.६ सेकेन्डमा २ सय मिटर दुरी पूरा गर्दै स्वर्ण पदक जिते। आर्मीका मिनबहादुर चौधरी दोस्रो तथा १ सय मिटरका विजेता आशिष तेस्रा भए।

पुरुष १ सय १० मिटर हर्डल्समा १५.९ सेकेन्डको टाइमिङका साथ प्रहरीका धीरेन्द्र चौधरीले स्वर्ण जित्दा आर्मीका विशेष महतोले रजत तथा शोभाकान्त महतोले कांस्य पदक जिते।

Kesari Chaudhary

महिला १ सय मिटर हर्डल्स १६.८ सेकेन्डमा पुरा गरेकी प्रहरीकी केशरी चौधरीले स्वर्ण एपीएफकी सविता चौधरीले रजत तथा एपिएफकै शिला चौधरीले कांस्य पदक जिते।

पुरुषको ४ मिटर हर्डल्समा शीर्ष तीन स्थान आर्मीका खेलाडीले ओगटे। महाविर भुजेलले ५७.१ सेकेन्डको टाइमिङ निकाल्दै स्वर्ण पदक जित्दा पदम कार्की उपविजेता तथा अशोक कुवर तेस्रो भए।

महिलाको ४ सय मिटर हर्डल्समा एपीएफकी सविता चौधरीले ६८.५ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जित्दा प्रहरीकी मनमती उपविजेता तथा एपिएफकी शिला तेस्रो भए।Sabita Chaudhary

प्रतियोगिताको सबै विधामा स्वर्ण जित्नेले ५ हजार, रजत जित्नेले ३ हजार तथा कांस्य जित्नेले २ हजार रुपैयाँ पुरस्कार पाए। खेलसामाग्री उत्पादक एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसनले नेपाल एथलेटिक्स संघसँगको सहकार्यमा प्रतियोगिता गरेको हो। दुई दिन चलेको प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा सदस्य मनबहादुर न्यौपाने, एथलेटिक्स संघका अध्यक्ष एवं सभासद राजीवविक्रम शाहलजायतले पुरस्कार वितरण गरे।

Leave a Reply to AllenMum Cancel reply

Your email address will not be published.