अध्यक्ष उम्मेदवारको औपचारिक घोषणा गर्दै शिवले भने, ‘बुद्धजस्तै बनेर देखाउँछु’

Shiva

कमला चौधरी, बुटवल- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रि महाधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरीले उम्मेदवारी घोषण गरेका छन्। उनले बुद्ध जन्मस्थल रुपन्देहीको बुटवलबाट औपचारिकरुपमा उम्मेदवारीको घोषण गरेका हुन्।

थारु विद्यार्थी समाज रुपन्देहीको अधिवेशनमा बोल्दै उनले भने, ‘जसरी बुद्धले नेपाललाई शान्तिको उपदेश दिएर विश्वभर चिनाएको छ। त्यसरी नै थाविसलाई सबैसामु चिनाउनेछु।’ उनले बुद्ध थारुका सन्तान भएको दाबी गर्दै बुद्धजस्तै थारु विद्यार्थी समाजलाई पनि एकीकृत गर्दै थारुको हक अधिकारका लागि सधैं लागिरहने बताए।

थारु विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आफू नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले दाबी गरे। नजिकिँदै गरेको संविधान सभामा थारु सभासदले थारु समुदायको हक अधिकार सुनिश्चित गर्ने वातारण बनाइदिन उनको आग्रह थियो।

चितवनको बासिन्दा भएकाले भौगोलिक दृश्टिकोणबाट पनि सबै जिल्लाका थारु विद्यार्थीलाई एकीकृत गरेर सबैको साझा समस्या र कुराहरु प्रस्तुत गर्ने उनले बताए।

‘थारुहट आन्दोलनमा सहिद भएका कमल चौधरी चितवनका स्थानिय बासिन्दा हुन्। उहाँलाई स्मरण गर्दै सहिदको सपनालाई साकार पर्ने प्रतिबद्धता जनाउँछु’ उनले भने।

थाविसको छैठौं महाधिवेशन पुस १० गतेदेखि तीन दिन चितवनको सौरहामा हुँदैछ।

चौधरी वि सं २०५४ सालदेखि थाविसमा आबद्ध छन्। चितवनको शहिद स्मृति क्याम्पसका इकाइ समितिमा सदस्य र पछि सचिवको कार्यभार सम्हालेका थिए। उच्च शिक्षाका लागि काठमाडौं आएपछि उपत्यका समितिको तदर्थ समितिको सदस्य र पछि सल्लाहकारका साथै केन्दीय समितिको वरिष्ठ उपाध्यक्षमा रहेर काम गरेका थिए।

यो पनि पढ्नुस् :

बद्धिरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

Leave a Reply to AllenMum Cancel reply

Your email address will not be published.