लेहेँगा चाहियो? मुक्त कमलरीलाई सम्पर्क गर्नुस्!

Kamalari_lehenga-1

सन्तोष दहित, दाङ- पछिल्लो समय थारु समुदायको भेषभुसा लोप हुन थालेपछि यसको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्व कमलरीहरु लागि परेका छन्। नयाँ पुस्ताले परम्परागत थारु पहिरनलाई छाडेर जिन्स पाइन्ट र टिसर्टमा आकर्षण बढारहेका बेला पूर्व कमलरीहरुले भने भेषभुसाको चिन्ता गर्नै यसको उत्पादनमा लागेका छन्।

मुक्त कमलरी विकास मञ्चकी पूर्वअध्यक्ष मञ्जिता चौधरीले आफ्नो भेषभुसाको संरक्षणा गर्ने उद्देश्यको यसको उत्पादन थालेको बताइन्। उनले कार्यक्रममा थारु समुदाय युवायुवती आफ्नो भेषभुसाभन्दा पनि बाह्य पहिरनमा आकर्षित हुन थालेपछि लोप हुने डरले यसको उत्पादन थालेको बताइन्। उनले आफ्नो पहिचान झल्काउनका अहले जुनसुकै कार्यक्रममा थारु पहिरन लगाएर उपस्थित हुनेगरेको बताइन्। ‘अहिले जुनसुकै कार्यक्रममा थारु ड्रस लगाएरै उपस्थित हुन्छौं,’ उनले भनिन्, ‘यसले थारु संस्कार झल्काउनुका साथै यसको प्रवर्द्धनसमेत हुन्छ।’

Kamalari_lehenga-3

यो अभियानलाई दीगो बनाउन उनले दाङमा ‘देउखुरी ट्रेनिङ सेन्टर’ खोलेकी छन्। जहाँ थारु पहिरनको सिलाइकटाइ तालिम दिइन्छ। ट्रेनिङका प्रोपराइटरसमेत रहेकी मञ्जिताले मुक्त कमलरीहरुलाई थारु पहिरनको डिजाइन र सिलाइकटाइबारे प्रशिक्षण दिन्छिन्। उनका अनुसार अहिले लेहेँगा, चोलिया, गुन्यु, विलाउज, गुन्यु चोलियामा कचौटी, विलाजलगायतको तालिम चलिरहेको छ।

Kamalari_lehenga-4

नयाँ पुस्तालाई आकर्षण गर्न थारु समुदायको पहिरनलाई फरक डिजाइन दिएर आकर्षक बनाउने उनले बताइन्। नयाँ पुस्तासँगै पहिरन पनि आकर्षण हुनुपर्ने उनको भनाइ छ। ‘आजको दिनमा आइपुग्दा पुस्ता पनि फेरिसकिएको छ,’ उनले भनिन्, ‘त्यसैले अहिलेका पुस्तालाई सुहाउँदो पहिरन उत्पादन गर्नु हाम्रो प्रमुख लक्ष्य हो।’

अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका २० जना मुक्त कमलरी एकै ठाँउमा जम्मा भएर यससम्बन्धी सिलाइकटाइ सिकिरहेकाका छन्। युथ नेपाल फाउन्डेसनको सहयोगमा पहिलो चरणमा ६ महिने परम्परागत तथा डिजानइन सिकिरहेको चौधरीले बताइन्।

Kamalari_lehenga-2

‘६ महिनामा सबै कुरा पर्फेक्ट भयो भने ठीकै छ। नभए केही महिना थपेर भए पनि यही पेसाबाट सयौं बहिनीहरुलाई आत्मनिर्भर बनाउने योजना छ,’ मञ्जिताले भनिन्। बेरोजगार रहेको मुक्त कमलरीलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्य रहेको चौधरीले बताए।

यो सीप सिकेर आफूहरुले पेसाकैरुपमा अगाडि बढाउने उद्देश्य चोधरीले बताइन्। पेसासँगै थारु भेषभुसाको संरक्षण तथा प्रवर्द्धन गर्नु पनि पहिलो प्राथमिक्ता रहेको उनले बताइन्। विशेषगरी थारु समुदायका महिलाहरुले लगाउने भेषभुसालाई प्राथमिक्तामा राखि विभिन्न महोत्सवममा पनि बिक्री वितरण गर्ने योजना रहेको चौधरीले बताइन्।

स्थानीय महोत्वसमा पनि स्टल राखेर थारु पहरन बिक्री गर्ने योजना रहेको उनले बताइन्। ‘उत्पादन गरिएका पहिरन सबैले मन पराएका छन्,’ उनले भनिन्, ‘गुणस्तरमा निकै ध्यान दिइएकाले सबैले मन पराएको हो।’

उनका अनुसार माघ १ गते काठमाडौंमा हुने माघी महोत्सवमा स्टल राखे यसको बिक्री वितरण गर्ने मञ्जिताको योजना छ।

Leave a Reply to RandyAlted Cancel reply

Your email address will not be published.