एसएलसीमा अब ‘फेल’ नहुने

Slc_exam_highlight_nepal (9)

पार्वता चौधरी- एसएलसी परीक्षामा सम्मिलित विद्यार्थी अबको परीक्षाफलमा फेल नहुने भएका छन्। यस वर्ष प्राविधिक तर्फ लागू हुने गरी सरकारले ग्रेड सिस्टमको तयारी सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु द्वारेले अर्को वर्षदेखि साधारण तर्फ पनि ग्रेड सिस्टम लागू गर्ने बताए।

यस्तो प्रक्रिया अपनाए एसएलसीको परीक्षा प्रति विद्यार्थीको नकारात्मक सोचाई कम हुने उहाँको भनाई छ । ९० देखि एक सय प्रतिशत अंक प्राप्त गर्नेलाई ए प्लस विशिष्ट, ८० देखि ८९ प्रतिशत प्राप्त गर्नेलाई ए उत्कृष्ट, ६० देखि ७९ प्रतिशत ल्याउनेलाई बी धेरै राम्रो, ४० देखि ५९ सम्म प्रतिशत ल्याउनेलाई सि राम्रो, २५ देखि ३९ ल्याउनेलाई डी कमजोर र २५ भन्दा कम प्रतिशत प्राप्त गर्नेलाई ई धेरै कमजोर भनी प्रमाणपत्रमा उल्लेख गरिने द्वारेको भनाइ छ।

पास, फेल गर्ने प्रणाली अपनाउँदा विद्यार्थीले धेरै नै मेहनत गर्थे भने ग्रेड सिस्टम लागू गर्दा विद्यार्थीले मेहनत गर्ने बानी हराउने शिक्षाविद्हरुको भनाइ छ । कक्षा १० मा सेन्टअप पनि दिन नपर्ने र एसएलसीमा पनि फेल नहुने हुँदा विद्यार्थीको मेहनत कम हुने उनीहरुको भनाइ छ। एसएलसीको नजितालाई लिएर बिद्यार्थीहरुमा नाकारात्मक सोच हावी हुन थालेपछि नियन्त्रण कार्यालयले नयाँ प्रणाली अघि सारेको हो।

Leave a Reply to RandyAlted Cancel reply

Your email address will not be published.